भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो

पोखरा, साउन १९ ।

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १८ लाख नाघेको सोमबार जनाइएको छ ।

गत २४ घण्टामा भारतका ५२ हजार ९ सय ७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९६ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७ सय ७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १ सय ३५ जना पुगेको छ ।

सरकारी अधिकारीका भारतमा कोरोना भाइरस संक्रमितमध्ये ११ लाख ८६ हजार २ सय ३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ७९ हजार ३ सय ५७ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८ सय ४३ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५ सय ७६ व्यक्तिको मृत्यु भइसकेको छ ।

महाराष्ट्र कुल ४ लाख ४१ हजार २ सय २८ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९ सय ६२ संक्रमित अवस्थामा रहेका छन् भने ४ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।

राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा १० हजार ३ सय ५६ जना संक्रमित अवस्थामा रहेका र ४ हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा १ लाख २३ हजार ३ सय १७ व्यक्ति कोरोना मुक्त भएका छन् । रासस

कमेन्टहरु
Loading...