पोखरा/कास्कीका चार सहित गण्डकी प्रदेशमा थप १९ कोरोना संक्रमित भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका दुई पुरुष र दुई महिलासहित बाग्लुङका दुई ,नवलपुरका नौ ,गोरखाका दुई र तनहुँका दुई गरि थप १९ जनाको कोरोना रिपोर्ट पोजेटीभ देखिएको हो ।
आईतवार साँझ पाँच वजेसम्म गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १३०४ पुगेको छ । आज रिपोर्ट पोजेटीभ देखिएका मध्य कास्कीका संक्रमितलाई आइसुलेसन वार्डमा लगिसकिएको छ भने अन्य जिल्लाका संक्रमितलाई जिल्ला अस्पतालको आइसुलेसनमा लैजाने तयारी गरिएको जानकारी स्वास्थ्य निर्देशनालयले दिएको छ ।
