एजेन्सी
भारतीय गृहमन्त्री अमित शाहको कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ आएको छ ।
नतिजापछि गृहमन्त्री शाह अस्पताल भर्ना भएका छन् । यद्यपि, उनको स्वास्थ्य अवस्था सामान्य छ । उनले यसको जानकारी आफ्नो ट्विटर ह्यान्डलबाट सार्वजनिक समेत गरेका छन् ।
पोर्टफोलियोको हिसाबले हाल भारतमा पाइएका संक्रमितमध्ये शाह उच्च ओहोदाका व्यक्ति हुन् । नै पहिलो हुन् ।
यसअघि बलिवुँडमा अमिताभ बच्चनलाई संक्रमण भएको खबर आइसकेको छ ।
भारतमा कोरोना संक्रमण देखिएपछि त्यसको रोकथामलगायतका काममा शाह निरन्तर खटिरहेका थिए ।