प्राकृतिक विपत्तिमा परेकालाई तत्काल सहयोग गर्न सांसद कोइरालाको माग

पोखरा, साउन ५ ।

कास्की क्षेत्र नं १(१) सांसद दीपक कोइरालाले जनताको साना साना समस्या हल गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन माग गरेका छन् ।

सांसद कोइरालाले सोमबार सदनमा विशेष समयमा अविरल वर्षाले प्राकृतिक विपत्ति बाहेक अन्य क्षति भएको ठाउँमा सरकारले तत्काल सहयोग गर्नुपर्ने बताए । कोइरालाले आफ्नो निर्वाचन क्षेत्र कास्की १ (१)को पोखरा ३२ तल्लो गगनगौडादेखि जनताको चौतारो जाने पक्की सडक बगाएको तर १५ थान जाली र थोरै ग्राभेल भए हुने ठाउँमा ११ दिन भइसक्दा पनि काम नभएको गुनासो गरे ।

१२ सय ४० हेक्टर क्षेत्रफलमा सिंचाई हुने विजयपुर नहरको सयमिटर नहरमा समस्या देखिदा मर्मत हुन नसकेर हजारौ किसान प्रभावित हुनु परेको उनको भनाई थियो ।

सांसद कोइरालाले पृथ्वीराजमार्ग अन्तरगत पर्ने लामेआहाल सडकमा नाला नहुदा स्थानीको घरमा पानी पस्ने समस्या देखिएको, राधाकृष्ण वृद्धाश्रम लगायत त्यस क्षेत्र घर डुबानमा परेको समस्या केही लाखले मात्रै समाधान हुने बताउँदै सभामुख मार्फत प्रदेश सरकारको ध्यानाआकर्षण गराएका थिए ।

कमेन्टहरु
Loading...