पेट्रोल, डिजेलको मूल्य फेरि बढ्यो

काठमाडौं, २६ असार/ नेपाल आयल निगमले शुक्रबार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

निगमले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

कमेन्टहरु
Loading...