पोखरा, १७ असार / नेपाल उद्योग बाणिज्य महासंघकोे ५४ औं बार्षिक साधारण सभा तथा महाधिबेसनमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरीलाई प्रदेश केन्द्रिय सदस्य पदमा उमेद्वारी दिने भएका छन् ।
संघको बुधवार बसेको १२ औं कार्यसमितिको बैठकले सर्वसम्वत रुपमा २०७७ श्राबण २६ र २७ गते काठमाडौंमा हुने महाधिवेसनमा गिरीलाई गण्डकी प्रदेश प्रतिनिधी केन्द्रिय सदस्य पदमा उठाउने निर्णय गरेको हो ।
जन्मथलो स्याङ्जा भई ब्यवसायीक रुपमा विगत दुई दशक देखि लेखनाथ क्षेत्रमा उद्योग ब्यवसाय संचालन गर्दै सामाजीक क्षेत्रमा कृयाशिल हुदैं २०७०/७२ मा संघको अध्यक्षको रुपमा परिचय कमाउनु भएका गिरी नेपाल उद्योग बाणिज्य महासंघमा अघिल्लो कार्यकाल मेला समिति सदस्यको रुपमा रहेर काम गरेका थिए । गिरी लेखनाथ उद्योग बाणिज्य संघको वर्तमान वरिष्ठ सल्लाकारको रुपमा छन् ।