पोखरा, १ असार / गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ को बजेट लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनीक गरेका छन् ।
चालु तर्फ १४ अर्ब ३४ करोड, पुँजीगत १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैया बिनियोजन गरेको छ । अघिल्लो वर्षको भन्दा २ अर्ब ७० करोड, ७३ लाख ६८ हजारले बढि हो । कुल बजेटमा चालुतर्फ ४१.२ प्रतिशत, पुँन्जीगत ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत छ ।
अघिल्लो वर्ष ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट सार्वजानिक गरेको थियो । जसमध्ये चालु खर्च तर्फ रु १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रहेको छ भने पुँजीगत तर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैया बिनियोजन गरेको थियो ।
मन्त्री गुरुङले राजस्व र व्ययको अनुमान पेस गर्दै कोरोना विशेष बजेटको रुपमा गण्डकीले २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । यो बजेटभित्र कोरोनाको रोकथाम प्रभावकारी बनाउन, गुणस्तरीय क्वारेन्टिन, अस्पतालमा शैया थप, सघन उपचार कक्ष स्थापना, पीसीआर खरिदका लागि छुट्याएको बताए ।
यस्तै, व्यवसाय सर्भाइभल कोषमा एक अर्ब, बेरोजगार युवाहरुलाई सीप पुँजी अनुदानका लागि १८ करोड रुपैयाँ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नौ करोड ८९ लाख, पर्यटनतर्फ दुई करोड ५ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।
आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
जसमा ९ अर्बको न्यून बजेट हुने छ । न्यून बजेट पूर्तिका लागि चालु आर्थिक वर्षको मौस्दातबाट ७ अर्ब उपयोग गरिने अर्थमन्त्री गुरुङले बताए । त्यसो हुँदा पनि अपुग हुने २ अर्बमध्ये आन्तरिक ऋणबाट एक अर्ब र नेपाल सरकारबाट १ अर्ब ब्यहोरिने अर्थमन्त्री गुरुङले प्रस्तुत गरे ।
स्वास्थ्य क्षेत्र सुदृढीकरण, अस्पतालहरूको स्तरोन्नतति, संक्रामक तथा सरुवा रोग, मुटु, क्यान्सर, मृगौला, मातृशिशु जस्ता रोगका उपचारका लागि विशिष्टिकृत अस्पतालको स्थापना गर्ने, गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान जस्ता नवीन संस्था स्थापना र संचालनका लागि बजेट व्यवस्थापन गरेको उनले बताए ।
त्यसै गरि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, मुख्यमन्त्री कप फुटबल प्रतियोगिता र खेल पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरेको उनले बताए । कृषि क्षेत्रमा एक पालिका ( एक उत्पादन कार्यक्रम, फलफुल, तरकारी, नगदेबाली, अन्नकबाली, पशुपन्छी तथा मत्स्यपालन पकेट क्षेत्रका लागि बजेट विनियोजन गरेको बताए ।
मुख्यमन्त्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम, जग्गा चक्लाबन्दी, सहकारी, सामूहिक र करार तथा व्यवासायिक खेतीलाई प्रोत्साहन, निजी क्षेत्रसँगको सहकार्यमा दाना उद्योग, कृषि प्रशोधन केन्द्र, शीतभण्डार गृह, चिस्यान केन्द्र र आधुनिक बधशाला स्थापनामा सहयोग कार्यक्रम ल्याएको बताए ।
पर्यटकीय गन्तव्य, पदमार्ग, होमस्टे लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गर्ने, पुँडीटार र लोकाहाखोलामा प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माण, एक स्थानीय तह एक खेल मैदान कार्यक्रम ल्याएको बताए ।