कोरियामा पोखराकी एक नेपाली महिलाको मृत्यु

एजेन्सी/ पोखरा घर भई दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्दै आएकी पोखराकी एक महिलाको मृत्यु भएको छ ।

पोखरा १० रामबजार घर भएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको हो । भण्डारीले १० वर्षअघि कोरिया छुङ्जु शहरमा श्रीमानका साथ पोखरेली, इन्डियन एण्ड नेपाली रेस्टुरेन्ट सन्चालन गर्दै आएकी थिइन् ।

केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ । गत सोमबार मात्रै धादिङकी मैती तामाङको कार्यस्थलमा एक तला माथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए । घटनाले दुखि बताएको भन्दै कोरियामा रहेका नेपाली समाजहरुले दुःख व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...