खेलाडिलाई जकेट प्रदान

पोखरा, २६ असोज /कात्तिक पहिलो साताबाट पोखरा रगंशालामा आयोजना हुने तेश्रो सफल कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागि पोखरा ११ का खेलाडिहरुलाई कास्की जिल्ला फुटबल संघले जकेट वितरण गरेको छ ।

आयोजक टिम पोखरा ११ का १८ जना खेलाडि, प्रशिक्षक र एन्फा पदाधिकारीलाई सफल कप लेखेको जकेट आज वितरण गरेको हो । एन्फा कास्कीका अध्यक्ष गोपीबहादुर भटराईले जकेट खेलाडिहरुलाई वितरण गर्नुभएको थियो । प्रतियोगिता कात्तिक ५ देखि १६ गते सम्म पोखरा रगंशालामा संचालन हुदै छ । प्रतियोगितामा आठ राष्ट्रिय क्लब, तिन विदेशी र आयोजकको एक टिम गरि १२ टिमले प्रतिस्पर्धा गदै छन् ।

कमेन्टहरु
Loading...