निर्मलपोखरीमा भलिबल

पोखरा, असोज २४/कास्कीको निर्मल पोखरी गाविस वडा नम्बर ५ मा रहेको साँस्कृतिक संरक्षण समितिको आयोजनमा बिहिबारदेखि वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन तरुण दलका जिल्ला सदस्य केवल गिरी गर्नुभएको थियो । 

आठ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक टिम फाइनलमा पुगेको छ भने शुक्रबार वडा नम्बर तीनको चिलाउने खर्क ए र वडा नम्बर १ बीच दोस्रो सेमिफाईनल खेल हुँदैछ । प्रतियागितामा प्रथम हुनेलाई १० हजार र द्धितियलाई ७ हजार नगद पुरस्कार प्रदान गरिनेछ । कार्यक्रम क्लवका अध्यक्ष विजय गिरीको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...