अन्तर भुजेल ईकाई सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि बैदाम ६ ईकाइलाई

पोखरा २३, असोज/प्रथम अन्तर भुजेल ईकाई सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि बैदाम ६ ईकाइले जितेको छ । बुधबार पोखरामा सम्पन्न भएको फाईनल खेलमा बैदामले पोखरा १८ ए ईकाईलाई टाईब्रेकरमा २–० ले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुगिएपछि खेल टाईब्रेकरमा धकेलिएको हो । विजेताले खसि, उपविजेताले बोका सहित ट्रफी मेडेल प्रमाण पत्र पाएका हुन ।
भुजेल बिद्यार्थी मञ्च कास्कीको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगितमा ८ टोलीको सहभागिता रहेको मञ्च कास्कीका अध्यक्ष ज्ञानु भुजेलले बताईन । विजेता खेलाडीहरुको टोलीलाई भुजेल समाज सेवा समितिका केन्द्रीय अध्यक्ष सुर्यबहादुर भुजेल जिल्ला अध्यक्ष विलबहादुर भुजेल, महिला भुजेल कास्की अध्यक्ष बच्चीकुमारी भुजेलले पुरस्कार वितरण गरेका हुन । कार्यक्रममा आदिवासि जनजाति महासंघ जिल्ला अध्यक्ष पानबहादुर घर्तीमगर, मञ्च कास्कीका सचिव अनिल भुजेल, संयोजक सुरजराना भुजेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...