तेस्रो वादल स्मृति कप २०७० जारी

पोखरा, २१ असोज
लेखनाथ नगरपालिका विजयपुरमा जारी तेस्रो वादल स्मृति कप २०७० अन्र्तगत मंगलवार प्रि क्वाटर फाइनल खेलहर सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेल बसुन्धरा एफसीले प्राइस ट्यागलाई १ को विरुद्ध ५ गोलले हराएको छ । हिजो भएको दास्रो खेल नव गगन एफसीले चौतारी एफसीलाई ट्राई बेकरमा २ का विरुद्ध ३ गोल गरी बिजयी भएको छ । तेस्रो खेलमा मालेपाटनले टाई बे्रकरमा बन्दीपुर एफसी ३ का विरुद्ध १ गोलले हराएको छ । चौथो खेलमा एन् वाई सीलाई ट्राइब्रेकरमा २ का विरुद्ध ३ गोलले पराजित गर्दै पिस युनाइटेड क्वाटर फाइनलमा प्रवेश गरेको छ । त्यस्तै पाचौँ खेलमा बसुन्धरा एफसीलाई बी थटिनले १ गोल गरी हरायो भने छैटो खेलमा योङ्गस्टार क्लबलाई सक्नेरीले ट्राइब्रेकरमा २ का विरुद्ध ३ गोलले बिजय भएको छ । आजको क्वाटर फाइनलमा ६ खेल आज हुने संयोजक सुवर्ण बरालले बताए ।

कमेन्टहरु
Loading...