सृजना कप भलिबलमा छात्रतर्फ राष्ट्रिय मावि र बाराही मावि तथा छात्रातर्फ ताल वाराही र जनप्रिय भिड्ने

पोखरा, ९ फागुन / पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ राष्ट्रिय मावि र वाराही मावि तथा छात्रातर्फ ताल वाराही मावि र जनप्रिय मावि भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा जित हात पार्दै उनीहरुले उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार दिउँसो ११ बजेपछि हुने आयोजकले जनाएको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको छात्रतर्फको खेलमा राष्ट्रिय माविले मेश्रम वराह माविलाई २५–२३, २५–१९ र २५–२३ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । अर्को खेलमा वाराही माविले कालिका माविलाई २१–२५, २५–२१, २५–१४, २३–२५ र १५–१३ को सेटमा पराजित गर्दै फाइनल यात्रा सुनिश्चित ग¥यो ।

यसअघी छात्रतर्फको क्वाटरफाइनल खेलमा कालिका माविले लक्ष्मी माविलाई २५–२०, २४–२६ र २५–१४ को सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको थियो । अर्को खेलमा राष्ट्रिय माविले माछापुच्छ«े माविलाई १५–२५, २६–२४ र २५–१४ को सेटमा पराजित गर्दै सेमीफाइनल पुग्यो । वाराही मावि र मेश्रम वराह मावि भने प्रोटेस्ट हालेर सेमीफाइनलमा आइपुगेको हो ।

शुक्रबार विहान भएको खेलमा विन्दबासिनी माविले वाराही माविलाई जितेपनि बाहिरको खेलाडी हालेको भन्दै वाराही माविले प्रोटेस्ट हालेपछि आयोजकले वाराही माविलाई बिजयी भएको घोषणा ग¥यो भने मेश्रम वराह मावि र पार्दी मावि बीचको खेल अघी नै वाराही माविले बाहिरका खेलाडी हालेको भन्दै मेश्रमले प्रोटेस्ट हालेपछि आयोजकले मेश्रमलाई बिजयी घोषणा गरेपछि वाराही र मेश्रम वराह सेमीफाइनलमा पुगे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको छात्रातर्फको सेमीफाइनल खेलमा ताल वाराही माविले विन्दबासिनी माविलाई २१–२५, २५–१९, १४–२५, २५–२३ र १५–९ को सेटमा पराजित गर्दै फाइनल यात्रा सुनिश्चित ग¥यो । अर्को खेलमा जनप्रिय माविले राष्ट्रिय माविलाई २५–१९, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुनिश्चित ग¥यो ।

प्रतियोगिता अन्तर्गत शनिबार तेश्रो स्थानका लागि छात्रतर्फ मेश्रम वराह मावि र कालिका मावि तथा छात्रातर्फ विन्दबासिनी मावि र राष्ट्रिय मावि प्रतिष्पर्धामा उत्रिने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका शुरु भएको प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिम सहभागि छन् । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाएका छन् ।

प्रतियोगितामा उपाधि बिजेता छात्र/छात्रा दुबै तर्फकालाई ५०/५० हजार, उपबिजेतालाई ३०/३० हजार र तृतीय हुने विद्यालयलाई १५/१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १/१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...