क्यान इन्फोटेकमा सूचना प्रविधि संग्रहालय

पोखरा, ८ फागुन / पोखरामा फागुन ११ देखि १५ सम्म हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा सूचना प्रविधि संग्रहालय (आइसिटी म्युजियम) स्थापना गरिने भएको छ ।

सूचना तथा प्रविधिका क्षेत्रमा भएका पुराना प्रविधिलाई आम दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्यसहित संग्रहालय स्थापना गर्न लागिएको कार्यक्रम संयोजक पुरुषोत्तम कुँवरले जानकारी दिए ।
‘संग्रहालयबाट पुराना पुस्ताले सूचना प्रविधि क्षेत्रको आफ्नो बिगत सम्झनेछन् भने नयाँ पुस्ताले सूचना तथा प्रविधिको पुरानो प्रचलनलाई बुझ्ने अवसर पाउनेछन्,’ कुँवरले भने, ‘आइसिटीको क्षेत्रको परिवर्तन कसरी भइरहेको छ भन्ने ज्ञान पनि संग्रहालयबाट मिल्नेछ ।’

यसैबीच, क्यान कास्कीद्वारा आयोजित ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको सचिव सेवक क्षितिजले बताए । मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहनेछन् ।

इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको छ । इन एसोसिएसन विथमा वल्र्डलिंक, प्लाटिनम स्पोन्सरमा एनसेल, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट सेल, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पार्वर, डिजिटल पार्टनरमा ब्रेन डिजिट, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स, रोबर्ट कम्पिटिसन स्पोन्सरमा कस्मिक कम्प्युटिङ सोलुसन न्युरोड, आइसिटी कन्फरेन्स स्पोेन्सरमा जेनेक्स अटोमेसन न्युरोड, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस न्युरोड, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स न्युरोड, टाइपिङ कम्पिटिसन स्पोन्सरमा पाण्डे कम्प्युटर सप्लायर्स न्युरोडले साथ दिएका छन् ।

कमेन्टहरु
Loading...