पोखरा, २२ माघ / पोखरामा ब्रोइलर कुखुराको मासुको मूल्य हाल अहिले सम्मकै सबैभन्दा महंगो भएको छ । केही दिन देखी मासुको भाउ आकासिएदै गएको छ ।
प्रतिकेजी स्पेशल मासुको मूल्य ४ सय ८० पुगेको पोल्ट्री व्यवसायी संघ कास्की अध्यक्ष गुरु पौडेलले जानकारी दिए । ह्याचारी उत्पादकको हड्ताल असर अहिले देखिएको व्यवसायीहरु बताउ छन् ।
ह्याचरीवालाले चल्ला नै उत्पादन गरेनन् । माग र आपूर्ति हेर्दा यो मूल्य दिन दिनै मुल्य बढि रहेको बताए । अहिले स्पेसलको ४ सय ८० र होल चिकेन ४ सय ५० रुपैयाँँमा बिक्री भैरहेको छ ।
कास्की जिल्लाभरी १ हजार ५ सय भन्दा बढी फ्रेस हाउस सञ्चालनमा छन् भने ५ हजारभन्दा बढी कुखुरापालक किसान छन् । बैशाखसम्म यही मूल्य कायम रहने पौडेलले बताए । पोल्ट्री व्यवसायी संघले नै मासुको मूल्य कायम गर्छ ।
उनका अनुसार पोखरामा अहिले जिउँदो कुखुराको मूल्य २ सय ८० रुपैयाँँ प्रतिकेजी पुगेको छ । पोखरामा मात्रै दैनिक ५० हजार केजी हाराहारीमा कुखुराको मासु बिक्री हुन्छ । अफ सिजनमा पनि ३० देखि ३५ हजार किलोसम्म बिक्री हुने पौैडेलको भनाई छ ।
यसअघि २०७२ सालमा कुखुराको मासुको मूल्य ४ सय ४० रुपैयाँँ पुगेको थियो । बजारको मागअनुसार कुखुरा नपाएपछि पसल बन्द हुन थालेका छन् ।