बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान शुरु

पोखरा, २० माघ / पोखराबाट अन्य तीन ठाउँमा हवाइसेवा जोड्दै आएको बुद्ध एयरले पोखराबाट विराटनगरमा पनि सेवा शुरु गरेको छ ।

पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सिधा हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखरा–विराटनगर सिधा हवाइ सेवा शुरु गरेको हो ।

सोमबार पोखराबाट १८ जना र विराटनगरबाट पनि १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए ।

उनले अहिले हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने बताए । माग बढ्दै गएमा जहाज र दैनिक उठान गर्ने बताए । नेपाल भ्रमण वर्षलाई लक्षित गरी बुद्ध एयरले पर्यटन प्रर्वद्धधन गर्न समेत पोखरा देखि विराटनगरलाई सिधा हवाई सेवा जोडेको बरालको भनाई छ ।

पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया र विदेशीलाई १ सय ३० डलर लाग्ने छ । पोखराबाट ११ बजेर ४५ मिनेट र विराटनगरबाट १ बजेर १० मिनेटमा उड्ने उनले बताए ।

कमेन्टहरु
Loading...