चापाकोट सांस्कृतीक महोत्सव शुरु, ‘विकासका अवरोधक हटायौ, अब विकास हुन्छ’– मुख्यमन्त्री गुरुङ

पोखरा, २५ मंसिर/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका विकासका अवरोधकहरुालाई हटाएका कारण अब विकासले गति लिने बताएका छन् । पोखराका २३ चापाकोटमा शुरु भएको चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृति महोत्सवको उद्घाटन गर्दै उनले विकासका बाधकहरुलाई नेपाली जनताले हटाइ सकेका कारणा अब गाउँ गाउँ सम्म विकास पुग्ने बताए ।

‘पहिले विकासका वाधक राजा थिए, राजा हटायो,’ उनले भने ‘नेपालमा एउटा मात्रा सरकार थियो, अहिले गाउँ गाउँ सम्म सरकार पु¥याएका छौ ।’ उनले अब गाउँ गाउँ सम्म विकास पुग्ने छ । उनले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ५ लाख ७८ हजार घरमा विद्युती करणगर्ने काम थालेको बताए । उनले नेपालमा धेरै विद्युत उत्पादन गर्ने गण्डकी प्रदेश भएको भन्दै सबै घर मा बिजुली पु¥याउन सरकारले नेपाल विद्युत प्राधिकरण सगँ सम्झौता गरेर काम थालि सेकेको बताए ।

चापाकोट सांस्कृतीक महोत्सव शुरु, ‘विकासका अवरोधक हटायौ, अब विकास हुन्छ’– मुख्यमन्त्री गुरुङ
चापाकोट सांस्कृतीक महोत्सव शुरु, ‘विकासका अवरोधक हटायौ, अब विकास हुन्छ’– मुख्यमन्त्री गुरुङ

उनले गण्डकी प्रदेशका सबै घरमा एक घर एक धारा कार्याक्रमलाई पनि अगाडी बढाएको बताए । उनले पोखरा २३ मा आवश्यक पुल र सडकको बताउने कामलाई प्रदेश सरकारले सघाउने बताए । मुख्यमन्त्री गुरुङले होमस्टेले ग्रामिण क्षेत्रको विकास गर्ने बताए । उनले प्रदेश सरकारले होमस्टेमा कति पर्यटक आए, आर्थिक अवस्था कस्तो छ, विकास गर्ने केके आवश्यक छ भन्ने बारेमा अध्ययन छिटै थाल्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नु पर्ने बताए । उनले जलाधार क्षेत्रकामा महानगरपालिकाले फेवाताल संरक्षणका लागि चेकड्याम निमार्णका काम थालेको बताए । पहारीले पोखराको पर्यटन फेवातालसँग जोडिएकोले फेवातालको संरक्षण र सम्बद्र्धनमा सबै सरोकार निकायले चासो दिनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले महानगरकै वडा भएपनि त्यस क्षेत्रमा पीच सडक नहुदाँ पुल नहुदाँ जनतालाई अप्ठेरो परेको बताए । ‘बाटो सहज छैन् । वर्षामा खोलो बढ्छ आवात जावत ठप्पै हुन्छ ।’ पराजुलीले भने –‘पुलै नहुदाँ किसानको उत्पादित दुध बर्षा याममा बजार लैजान पाउदैनन्, तरकारी बारीमा कुहिन्छ ।’ गाँउको यस्तो समस्या समाधान गर्न उनले गण्डकीप्रदेश मुख्यमन्त्रीलाई आग्रह गरे ।

चापाकोट सांस्कृतीक महोत्सव शुरु, ‘विकासका अवरोधक हटायौ, अब विकास हुन्छ’– मुख्यमन्त्री गुरुङ
चापाकोट सांस्कृतीक महोत्सव शुरु, ‘विकासका अवरोधक हटायौ, अब विकास हुन्छ’– मुख्यमन्त्री गुरुङ

महोत्सव उद्घाटन कार्यक्रममा चापाकोट गाविसका पुर्व अध्यक्ष भेषराज पराजुली, शिवलाल पराजुली, भिटोफका पुर्व अध्यक्ष तारानाथ पहारी, लोकदोहोरी गायक प्रजापति पराजुली लगाएतले महोत्सवले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुगेमा जोड्दिएका थिए ।

ग्रामीण क्षेत्रमा पाईने वाद्यवादनको प्रयोग गर्दै मौलिक सँस्कृति झल्काउँदै महोत्सवमा सर्वसाधारणको उपस्थिति थियो । गतवर्षदेखि शुरु भएको होमस्टेको प्रचारप्रसारलाई ध्यानमा राखेर महोत्सवको आयोजना गरेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले बताए । उनले पर्यटन प्रवद्र्धन गर्न सकिए गाँउ आत्मनिर्भर हुने विश्वास व्यक्त गरे । पोखराबाट १३ किलोमिटर दुरीमा चापाकोट पुग्न सकिन्छ ।
चापकोटका २५ घरमा होमस्टे सञ्चालन गरिएको र सबै होमस्टेमा महोत्सवका बेला पर्यटकहरु बस्ने व्यवस्था मिलाएको छ । एकै पटकमा १५० भन्दा पर्यटकलाई गाँउले स्वागत सत्कार गर्न सकिने चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीले जानकारी दिए ।

महोत्सवको दोस्रो दिनमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारहरुको लोकदोहोरी तथा हास्य कलाकारको प्रस्तुति रहने छ । त्यसै गरी नौमती बाजा, भजन चुड्का र रत्यौली प्रतियोगिता महोत्सवको आकर्षण रहेको छ । तीनै प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीलाई क्रमशः ३०, २०, १० र ५ हजार नगदसहित पुरस्कृत गरिने उनले बताए । महोत्सवलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सघाएको छ । सोही अवसरमा चापाकोटको विकासमा टेवा पु¥याएको भन्दै शिवलाल पराजुली, राजिब पहारी, तारानाथ पहारी र इन्द्र पराजुलीलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...