हेमजामा अण्डर–१५ जुनियर सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

पोखरा, १४ असोज/विष्णुपादुका जुनियर क्लव हेमजा कास्कीले अण्डर–१५ जुनियर सेभेन ए साईड फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता असोज १७ गते देखि हेमजाको विष्णुपादुका खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
विजया दशमीकोे अवसर पारेर एक आपसमा भाईचारा सम्वन्ध कायम गर्ने र शुभकामना आदान प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विष्णुपादुका जुनियर क्लवका अनिश थापाले जानकारी दिए । टिम दर्ता दुई हजार राखिएको उक्त प्रतियोगितामा टिम दर्ता समय असोज १६ गते वेलुका सम्म राखिएको उनले जानकारी दिए । प्रतियोगितामा टिम सहभागि अनुसार पुरस्कारको व्यवस्था गरिएको समेत उनले जानकारी दिए । प्रतियोगितामा सहभागि हुनका लागि सवैलाई आग्रह गरिएको छ।

कमेन्टहरु
Loading...