पोखरा, २१ असोज / नेपालीहरुको महान् चाड दशैंको टीकाका साइत आज विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज २१ गते १० बजेर ३५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष डा रामचन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार देवी विसर्जनको साइत भने विजयी दशमीको दिन २१ गते मंगलवार बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ ।
