संविधान दिवसको अवसरमा लुम्बिनी विकास बैंकको प्रभातफेरी

पोखरा, ५ असोज/ लुम्बिनी विकास बैंक लिमिटेडले संविधान दिवसको अवसरमा पोखरामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका संचालक समितिका सदस्य सुशिलराज पराजुली, सिनियर नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाल लगात विभिन्न शाखाका कर्मचारीहर प्रभातफेरीमा सहभागी भएका थिए ।

प्रभातफेरी कार्यक्रममा लुम्बिनी विकास बैंक लिमिटेडका कास्की र छिमेकी जिल्ला स्याङ्जा र तनंहुका शाखा कार्यालयका कर्मचारीहरुले नेपालको झण्डा सहित प्रभातफेरीमा सहभागी भएका थिए ।

कमेन्टहरु
Loading...