थ्रीस्टार बाल्कनसँग ६- ० को फराकिलो पराजय (भिडियो सहित)

पोखरा, ७ असोज/मलेसियामा जारी एएफसी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालको प्रतिनिधित्व गरेको लिग च्याम्पियन थ्रि(स्टार क्लब र तुर्किमेनिस्तानको एफसी बाल्कनसँग ६-०को फराकिलो गोल अन्तरमा पराजित भएको छ ।
उपाधि जित्ने लक्ष्यका साथ मलेसिया गएको थ्रिस्टार क्लबले पहिलो खेलमै नमिठो पराजय भोगेको छ । सोमबार भएको पहिलो खेलमा मध्यान्तरअघि सम्म २(० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा थप ४ गोल खाँदै ६-०ले नतिजा सुम्पिएको हो । थ्रिस्टारले अब दोस्रो खेलमा मंगोलियाको इर्चिम एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई खेलबाट समूह विजेता बन्ने टोलीले अर्को समूहको विजेतासँग उपाधिका लागि फाइनलमा ठाउँ पक्का गर्नेछ ।
प्रेसिडेन्ट्स कपमा दोस्रो पटक सहभागि थ्रीस्टार क्लवमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको छ । यसअघि सन् २००५ मा काठमाडौंमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा थ्रीस्टारले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
हेर्नुहोस् पुरा खेल भिडियोमा

कमेन्टहरु
Loading...