काठमाडौं, २२ साउन / सरकारले ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राती ग्यासको मूल्य घटाएको हो ।
वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ पर्ने छ ।
यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ । पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ । जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेर १०९ रुपैयाँ पुगेको छ ।
यस्तै गरि डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ । साबिकको ९७ प्रतिलिटर मूल्यमा सरकारले पचास पैसा बढाएको हो ।