पोखराको वडा नम्बर ६ को वडा कार्यालयमा चोरी, प्रहरी कता चोर बेपत्ता

पोखरा, २१ साउन / पोखराका महानगर पालिका ६ को वडा कार्यालयमा चोरी भएको छ । मंगलबार विहान कार्यालय पुग्दा चोरी भएको देखीएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए ।

सिसि क्यामेरामा राती १२ बजे तिर मार्क लागएका एक जनाले चोरी गरेको देखीको उनले बताए ।
उनका अनुसार दुई वटा कम्प्युटर चोरी भएको बताए । पोखरामा एक पछि अर्को वडा कार्यालयमा चोरी भएको छ ।

३३ वटा वडा कार्यालय रहेको पोखरा महानगरपालिकामा अहिले सम्म ११ वटा वडामा चोरी भएको छ । पोखरामा महानगरपालिकाका विभिन्न वडा कार्यालयमा यस अगाडी चोरी भएको थियो । यस अगाडी पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो ।

वडा कायालयबाट कम्प्युटरहरु चोरी हुने गरेको वडा अध्यक्षहरुले बताउदै आएका छन् । लामो समय देखी वडामा चोरीमा संग्लनहरुलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन ।

कमेन्टहरु
Loading...