सागर राज तिमिल्सिना
पोखरा, १७ साउन/ गण्डकी प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभाले गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा देवेन्द्र प्रजू सर्वसम्मत चयन भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए । उपाध्यक्षमा दिपक पोखरेल (स्याङजा), सचिवमा सुमनराज कार्की (तनहुँ), कोषाध्यक्षमा प्रकाश पौडेल (नवलपुर) चयन भएका छन् ।
यसैगरी सदस्यमा दिवाकर थापा (स्याङजा) अर्जुनकुमार श्रेष्ठ (तनहुँ) विमलमान गुभाजू(कास्की) र ईन्द्र सिग्देल (नवलपुर), ऋषिराम गौतम(कास्की), सन्जयकान्त सिग्देल(कास्की), सुमन पण्डित(नवलपुर), अतिशकुमार खड्क (तनहँु) र अजुर्नकुमार थापा (स्याङजा) रहेका छन् ।
सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खेलकुद पृथ्वीसुब्बा गुरुङले खेलकुदको विकासमा राज्यको स्पष्ट नीति हुनुपर्नेमा जोड दिए छन् । राज्यको आफनो स्पष्ट नीति नहुदाँ के र कसका लागि खेलकुद भन्ने नै अन्यौल बन्दै गएको बताए ।
उनले अन्तराष्ट्रिय खेलकुद निकायसँग समन्वयकारी भूमिकाको लागि पनि राज्यले आफनो स्पष्ट ‘पोलिसी’ बनाउनुपर्ने धारणा राखे । ‘पोलिसी र खेलकुदको व्यवस्थापनमा चेन्ज हुनुपर्छ ।’ उनले थपे–‘पोलिसी नै नभएपछि अन्तराष्ट्रिय संस्थासँग कसरी सहकार्य गर्ने भन्ने नै छैन् ।’
गण्डकी प्रदेशका सदस्य एवं नेपाल क्रिकेट संघका पुर्व अध्यक्ष दिपक कोईरालाले खेलकुद क्षेत्रमा विभिन्न फ्याक्टरले समस्या बल्झाइरहँदा खेलकुदको विकास हुन नसकेको बताए । उनले खेलकुदलाई अन्य क्षेत्रमा पनि काम गर्दै आएले हाक्न खाज्दा पनि समस्या झन बल्झिएको बताए ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेशकुमार गुरुङले खेलाडीले खेलकुदमा राजनीति गर्न नहुने बताए । ‘खेलाडीले खेल खेल्ने हो । राजनीतिकर्मीले राजनीति गर्ने हो । नेपाली क्रिकेटका मुख्य प्रशिक्षक जगत टमटाले खेलाडीलाई खेल्ने ठाँउको अभाव भएको उल्लेख गर्दै खेल्ने ठाँउ नै छैन् भने नाम मात्रैको स्टेडियमले कुनै अर्थ नराख्ने दावी गरे ।
उनले सीमित युवाहरुलाई मात्रै समेटेर राष्ट्रिय टोली बनाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै ग्रास रुटका कार्यक्रम नहुदाँ नेपाली क्रिकेटको भविष्य अन्यौल हुदैं गएको बताए । नेपाल क्रिकेट संघ निलिम्बत हुनु अघिका अध्यक्ष चतुरबहादुर चन्द, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल लगायतले क्रिकेटको विकासमा सबैले आफनो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।