पोखरा, २ साउन /अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइड स्टोङ्ग कन्सल्टेन्टका सुमित शाहीलाई घुस सहित पक्राउ गरेको छ ।
उनीहरुलाई १ लाख ७५ हजार रुपैया रकम सहित पक्राउ गरेका अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग लिएको उनले जनाए ।
अख्तियारले घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०४।०२ गते ।
——————————————
डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र Wild Strong Consultancy का सुमित शाही घुस रकम सहित नियन्त्रणमा ।
—————————————- —————————
डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र Wild Strong Consultancy का सुमित शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निजहरू प्रकाश पौडेल र सुमित शाहीलाई सेवाग्राहीसँग रू.१,७५,०००।–(एक लाख पचहत्तर हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला