मुल्यबृद्धिको विरोधमा आज पनि देशभरका पेट्रोलपम्प बन्द

पोखरा, ३१ भाद्र/पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा आन्दोलमा उत्रिएका १६ विद्यार्थी संगठनहरुले आज पनि देशभरका पेट्रोलपम्प बन्द गराएका छन् । हिजोदेखि ३ दिनसम्म देशभरीका पेट्रोलपम्प बन्द गर्ने जनाएका विद्यार्थी संगठनहरुले आज पनि विरोधका कार्यक्रम जारी राखेका हुन्् ।

हिजो नेपाल आयल निगम र विद्यार्थी संगठनवीच छलफल भएपनि कुनै सहमति हुन नसकेकोले आन्दोलन जारी राखिएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताए । मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने संगठनहरुको चेतावनी छ ।

कमेन्टहरु
Loading...