सर्वाधिक धनराशीको ट्वान्टी–ट्वान्टी क्रिकेट

पोखरा, ३० भदौ/क्रिकेट विकास क्लबको आयोजनामा आगामी असोज ४ गतेदेखि कास्की जिल्लाकै सर्वाधिक धनराशीको ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पोखरा–३, नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको खेल मैदानमा हुने प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार रुपैयाँ र द्वितीय पुरस्कार १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको प्रतियोगिताका संयोजक संगम सापकोटाले जानकारी दिनुभयो ।

नकआउट चरणमा खेलाइने उक्त क्रिकेट प्रतियोगितामा प्रवेश शुल्क ४ हजार रुपैयाँ रहेको छ भने दर्ताका लागि पिएन क्याम्पस गेटस्थित जिन्स फिटिङ बगरमा सम्पर्क गर्न समेत क्लबले अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...