हस्पीटलचोक र विरौटा इकाई फाइनलमा

पोखरा, २८ भदौ। श्रीभद्रकाली ट्याक्सी इकाई समितिको आयोजना तथा ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा पोखरामा जारी अन्तर ट्याक्सी इकाईस्तरीय प्रथम सेभेन–ए–साइड फुटबल प्रतियोगिता शुक्रबार पनि जारी रह्यो। पोखरा – १३ संगमटोलस्थित माछापोखरी खेल मैदानमा संचालित प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेल सम्पन्न भएका छन्।

प्रतियोगिताको शनिवार फाइनल खेल हुने प्रचार प्रसार समितिका संयोजक पुर्ण जि.सिले जानकारी दिए। फाइनल खेल हस्पीटल चोक ट्याक्सी इकाई समिति र विरौटा– आँखा हस्पिटल–घारीपाटन ट्याक्सी इकाई समितिवीच हुदैछ। शुक्रबार हस्पीटल चोक ट्याक्सी इकाई समिति र आयोजक भद्रकाली ट्याक्सी इकाई समिति ए वीचको खेलबाट हस्पीटल चोक ट्याक्सी इकाई समिति तथा विरौटा– आँखा हस्पिटल–घारीपाटन ट्याक्सी इकाई समिति र बगरचोक ट्याक्सी इकाई समितिवीचको खेलबाट विरौटा– आँखा हस्पिटल–घारीपाटन ट्याक्सी इकाई फाइनलमा प्रवेश गरेको हो।

त्यसैगरी शनिवार नै ट्याक्सी व्यवसाय समिति पोखरा र आयोजक भद्रकाली ट्याक्सी इकाई समितिवीच मैत्रीपुर्ण खेल पनि हुने छ। ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विजेता समुहलाई नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३३ हजार तीन सय ३३ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिए।

कमेन्टहरु
Loading...