पोखरा, २० माघ/मानव स्वास्थ्यलाई अनुकुल बनाउन उपभोग गरिने औषधीको बारेमा पर्याप्त जानकारी औषधी विक्रीगर्ने वा दिने व्यक्तिलाई नै राम्रोसंग थाहा नभए के होला ? यस्तो अवस्थामा गलतढंगले औषधीकोे उपयोग हुने कुरालाई सहजै अनुमान गर्न सकिन्छ । नेपालमा अहिले पनि सरकारी अस्पतालमा सञ्चालित फार्मेसीमा समेत फार्मेसिस्टको प्रायप्त व्यवस्था नहुँदा यस्तै अवस्था रहेको तथ्य अगाडि सारिएको छ ।
राष्ट्रिय फार्मेसी संघ गण्डकी प्रदेशले अयोजना गरेको राज्य पुन संरचना संगै फर्मेसी पेशाको आवश्यकता तथा विद्यमान परिस्थिति विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तौ तथ्य अगाडि सारिएको हो । बरिष्ठ फर्मासिस्ट एवं उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले यस्तो तथ्य अगाडि सार्दै अवस्था भयाभह रहेको बताए । उनलेऔषधी उत्पादन देखि उपभोगसम्म फर्मासिस्टको महत्वपूर्ण भूमिका रहनु पर्नेमा त्यसलाई वास्ता नगरिएको टिप्पणी गरे ।
एउटा डक्टरले एक पटक लापरबाही गर्दा एउटा विरामीको ज्यान जान सक्ने तर एउटा फर्मासिस्टको लापरबाही भयो भने हजारौंको ज्यान गुम्न सक्ने जस्तो सम्बेदनशिल विषयलाई ख्याल नगरिनु दुखद भएको उनको भनाई छ । नियमतः हरेक मेडिकल तथा औषधी पसलमा औषधी विक्री वितरणका लागि फर्मासिस्टको व्यवस्था हुनुपर्दछ र बिरामीको जाँचपछि डाक्टरको सिफारिसमा फर्मासिस्टले बिरामीलाई औषधी दिनुुपर्ने हुन्छ । तर अधिकांश सरकारी अस्पतालका फार्मेसीमा समेत फर्मेसिस्ट बिना नै औषधी विक्री वितरण हुने गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी फर्मासिस्ट प्रमुृख सुस्मिता शर्माले बताइन् ।
नेपालमा ३ सय औषधी कम्पनीका औषधीहरु भित्रने गरे पनि ज्यादै न्युन जनशक्तिका कारण त्यसको अनुगमन हुन नसकेको उनले जानकारी दिइन् । कार्यपत्र प्रस्तुत गर्दै उनले औषधी ऐन र राष्ट्रिय स्वास्थ्य नीतिका लक्ष्य वर्तमान अवस्थामा सुधार नगर्ने हो भने पुरा गर्न नसकिने प्रष्टाइन् ।
कार्यक्रममा पोखरा विश्व विद्यालय अनुसन्धान केन्द्रका निर्देशक गुलाम मोहमद खान, मणिपाल शिक्षण अस्पतालका फार्मेसी विभाग प्रमुख डा. सुरेश ज्ञवाली र वेष्ट हेल्थ एण्ड एकेडेमीका प्रध्यापक पूर्णकाजी बस्नेत लगायतले कार्यपत्र प्रस्तुत गर्दै फर्मासिस्टहरुको उपोयोगको अवस्था रफर्मासिस्टहरुले औषधी प्रदान गर्ने अवस्था नहुँदा सर्वसाधारण सहित समग्र मुलुकले खेप्नुपरेको अवस्थाका बारेमा जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा राष्ट्रिय फार्मेसी संघ गण्डकीले गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई फर्मेसी पेशाको विकास र स्तरोन्नति सम्बन्धी कार्यपत्र बुझाएका छन् ।
उक्त कार्यपत्रमा औषधी उत्पादनको क्षेत्रदेखि विरामीको पहुँचसम्म गुणस्तरीय, असरयुक्त र सुरक्षित औषधी पु¥याउन फर्मासिस्टको उपस्थिति अनिवार्य गराउने, अस्पताल फर्मेसी निर्देशिका २०७२ समय सापेक्षित परिमार्जन गरी अक्ष्रस पालना गर्नुपर्ने, गण्डकी प्रदेश औषधीमा आत्मनिर्भर बन्नको लागि सरकारी औषधी उत्पादन उद्योग सञ्चालनमा जोड दिने । साथै निजी आषधी उत्पादन कम्पनीहरुलाई समेत प्रोत्साहित गर्ने लगायतका विभिन्न १२ वटा मागहरु राखिएका छन् । यी मागहरु यस अगाडि प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष समेत पेश गरिएको उक्त अवसरमा जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै मन्त्री पुनले प्रदेश सरकारले क्षेमताले भ्याएसम्म काम गर्ने बचन दिइन् । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश मातहत दिन केन्द्र सरकारलाई आग्रह गर्दा नदिइएको गुनासो गरिन् । अब आफै ठूलो अस्पताल स्थापनाको तयारीमा प्रदेश सरकार रहेको उनलेब बताइन् । उक्त अवसरमा केन्द्रीय अध्यक्ष क्षतीज गर्तौला, केन्द्रीय सदस्य महेस्वर पोखरेल, राष्ट्रिय फार्मेसी संघका गण्डकी अध्यक्ष अमृत थापा, उपाध्यक्ष रुपक भण्डारी र सचिव महेन्द्र अधिकारी लगायतले बोलेका थिए ।