पोखरा, ११ पुष /पुर्व राजा ज्ञानेन्द्र शाह र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बिच पोखरामा जम्का भेट भएको छ ।
लिटेचर फेस्टिभलमा सहभागी भएर काठमाडौै फर्किदै गरेका श्रेष्ठ र बुहारी र नातिनीलाई स्वागत गर्न पोखरा विमानस्थलमा पुगेका ज्ञानेन्द्र शाह बिच जम्का भेट भएको हो ।
विमानस्थलको भिआइपि कक्षमा बुहारी हिमानी शाह र नातिनीलाई पोखरामा स्वागत गर्न ज्ञानेन्द्र भित्रै थिए । त्यही बेला नारायणकाजी श्रेष्ठ भिआइपी कज्ञमा पुगेका थिए । त्यस पछि दुई जना बिच केही कुराकानी भएको प्रहरीले जानकारी दिएको छ ।
