धन बस्नेत /पोखरा ,२७ मंसिर /स्वास्थ्यको लागि खेलकुद । नियमित व्यायामले स्वास्थ्यताको आभाष दिन्छ । तर समयसँगै नारा फेरिएको छ । स्वास्थ्यको लागि स्वास्थ्य संस्था । स्वास्थ्य जीवन जिउने आधार नै अहिले स्वास्थ्य संस्था बनेको छ । उमेर हुदाँ स्वास्थ्य प्रति ख्याल हुदैन् । उमेर ढल्कदै गएपछि स्वास्थ्यको चिन्ताले सताउन थाल्छ । जति बेला रोगव्याधीले च्याप्दै जान्छ । अनि विकल्प स्वास्थ्य संस्था नै हुन्छ । त्यसैले त अहिले भन्ने गरिन्छ स्वास्थ्यको लागि स्वास्थ्य संस्था । स्वास्थ्यको लागि शारीरिक व्यायाम गर्ने कम छन् । र रोगले च्यापेपछि स्वास्थ्य संस्था नपुगी धरै हुदैन् ।
प्रिभेन्सन ईज बेटर द्यान क्युअर । रोग लाग्न नदिनु नै उपयुक्त हो । तर बुद्धि पछि आउँछ । उपचार गरेर निदान भएपनि स्वास्थ्यप्रति सजग र सचेत बन्दैनौं । डाक्टरले पनि सुझाव उही दिन्छन् नियमित शारीरिक व्यायाम गरौं । शहरीया जीवन व्यस्तता छ । धुलो र धुवाँले आक्रान्त बनाएको छ । दमको रोग बढाएको छ । खानपानको शैली राजकीय जस्तो बन्दै गएको छ । घरमा पकाउने भन्दा फटाफट पाईने बजारिया खानपानमा रमाउन थालिएको छ । त्यसले शरीरलाई बल त दिन्छ तर तागत भने दिदैने । तागत नभएको शरीरलाई सामान्यत ज्वरोले पनि समात्छ । ज्वरोले टाईटाइट अनि मृत्युको संघारसम्म पुर्याउँछ ।
स्वास्थ्य नै धन हो । धन कमाउन स्वास्थ्यलाई नै जोखिममा राख्छौ । अन्त्यमा त्यही धन खर्चिएर स्वास्थ्य बन्ने धुनमा हुन्छौं । शारीरिक व्यायामले रोगको निदान गर्छ । रोगको निदान गर्ने भएपनि खासै अभिरुचि भने नेपालीमा देखिदैन् । डाक्टरको सल्लाह मान्न तयार देखिदैनौं । शारीरिक व्यायामको लागि अचेल आवश्यक पुर्वाधार ठाँउमा भेटिदैनन् । तर स्वास्थ्य संस्था भने अहिले टोल टोलमै खुलेका छन् । महानगरपालिकाले पार्कमा खुल्ला शारीरिक व्यायामशाला बनाउने धुनमा छ । युवादेखि बृद्धबृद्धालाई लक्षित गरी पार्कमा बनाईने शारीरिक व्यायामशालाले रोगको निदान गर्न टेवा पुर्याउने विश्वास छ । तर भरोसा औषधी सेवन नै हो भन्ने ठान्छौं ।
नेपालकै ठूलो पोखरा महानगरपालिका स्वास्थ्य संस्थाले पनि विकसित रुप लिदैं गएको छ । स्वास्थ्य संस्था बढेका छन् । उपचारको लागि धेरै टाढा धाउनुपर्ने हिजोको अवस्था अहिले छैन् । बजार क्षेत्रका मुख्य टोलमा एक किलोमिटरको दुरीमा निजी अस्पताल भेटिन्छन् । अस्पतालको बढेसँगै विरामी पनि बढेका छन् । स्वास्थ्यको लागि खेलकुद भने झैं स्वास्थ्य नागरिकको लागि खेलकुदको पुर्वाधार थपिनु पर्ने हो । तर खेलकुदका पुर्वाधार छैनन् । अस्पतालका पुर्वाधार भने बढिरहेका छन् । अस्पतालजन्य सेवाको बृद्धिले सर्वसाधारणले सर्वसुलभ रुपमा स्वास्थ्य सेवाको पहुँचमा छन् ।
महानगरपालिकामा २९ वटा निजी तथा सरकारी अस्पताल छन् । सरकारी अस्पताल तीन वटा छन् । दुई वटा महानगरपालिकाको मातहतमा रहेको छ । प्राथमिक स्वास्थ् केन्द्र २ वटा छन् । स्वास्थ्यचौकी १९ वटा छ । शहरी स्वास्थ्य केन्दै १४ वटा छ । आयूर्वेदिक स्वास्थ्य संस्था २ छन् । गाँउघर क्लिनिक ८८ छन् । खोप क्लिनिक १ सय १२ वटा रहेको महानगरपालिकाका जन स्वास्थ्य निरीक्षक फुलदेव तिमिल्सिना बताउँछन् । महानगरपालिकाको जनसंख्या ४ लाख ७० हजार छ । महागनरपालिकाको तथ्यांक अनुसार एक वर्षमुनि १० हजार छ । दुई वर्षमुनिका झण्डै २० हजारको अनुपातमा छन् ।
महानगरपालिकाको दुई अस्पताल कोमागाने मातृशिशु अस्पताल र शिशुवा अस्पताल हुन् । जनशक्ति पनि कमजोर छ । दुई मेडिकल सुपरिटेण्डेण्टमा एक खाली छ । महानगरपालिका स्वास्थ्य महाशाखाको जन स्वास्थ्य निरीक्षक तिमिल्सिेनाका अनुसार मेडिकल अधिकृत सातजना खाली छ । दरबन्दी भएपनि अभाव हुदाँ स्वास्थ्य सेवा प्रभावित हुनु स्वभाविकै रहेको उनको ठम्याई छ । चिकित्सक पनि सरकारी भन्दा पनि निजी त्यसमा पनि अझ मेडिकलप्रति आकर्षित हुने प्रवृत्ति पनि नभएको होईन् । त्यसले गर्दा सरकारी अस्पतालको स्वास्थ्य सेवा गुणस्तरीय हुन नसकेको आरोप पनि लाग्दै आएको छ ।

अस्पताल, हालको बेड संख्या स्वीकृति बेड डाक्टर एकबर्षमा ओपिडीमा विरामीजाँच
गण्डकी मेडिकल कलेज ३५० ५०० ८७ १६७३६६
फिस्टेल हस्टिपल १०० – २९ ९०८३३
मनिपाल शिक्षण अस्पताल ५०० ७५० २०८ २२७८७८
पो.स्वा.वि. प्रतिष्ठान ३६३ ५०० ८९ २२३१५५
पश्चिमाञ्चल सामुदायिक ५० ५५(बढाउने मिल्ने) १८ १५७७७
फेवा सिटी १०० – २६ –
पद्म नर्सिङहोम ५० – १६ ६९९५०
सहारा २५ – १७ २४७७
हरियो खर्क अस्पताल १०० – – ४०९९१
कास्की सेवा हस्पिटल १०० – २५ १५०००(अनुमानित)
(स्रोत– महानगरपालिका स्वास्थ्य महाशाखा )
सेवाहरु सघन उपचार, एनआईसियू, सिसियू, हेमोडाईलोसिस, केमोथेरापी, अंकुलोजी, बायोस्पी, मेमोग्राफि, एफएनएसी लगायतका सेवा पनि शुरु भएका छन। पोखराको स्वास्थ्य क्षेत्रमा पाँच अर्बभन्दा बढी लगानी भइसकेको छ। नयाँ उपकरण भित्रयाई विरामीहरुको सहज र सर्वसुलभ उपचार गराउन अस्पतालहरु लागि परेका छन्। त्यतिमात्र नभई क्लबले पनि स्वास्थ्य क्षेत्रमा हात हालेका छन् । पोखराको सिदार्थ क्लबले सिदार्थ अस्पताल सञ्चालन गर्दै सेवा दिईरहेको छ । पोखरा उपमहानगरपालिकाले पनि मातृ शिशु अस्पताल सञ्चालन गरिसकेको छ ।
पोखरामा दुई मेडिकल कलेज, सरकारी, निजी गरेर करिव २ हजार ५ सयको हाराहारीमा शैया छन । करिव १० वटा भेन्टिलेटरसहित तीन दर्जन सघन उपचारको शैया छन । मेडिकल, सर्जरी, स्त्री तथा प्रसुति रोग, वालरोग, नाक, कान घा“टी, मुटु, आ“खा हाडाजोर्नी तथा नसा रोग, मानसिक रोग, यूरोलोजी, न्यूरो सर्जरी, छाला तथा यौनरोग लगायतका सेवा पाईन्छ । अस्पताल र सेवाको विस्तार भएपनि गुणस्तरीय सेव अझै पाउन नसकिएको गुनासो विरामीले गर्दै आएका छन् । केही त्यस्ता सेवा जुन पोखरामा अन्त्यन्तै न्युन रुपमा मात्रै उपलब्ध छन् । काठमाडौं नै रिफर गर्नुपर्ने बाध्यता छ ।
‘पोखरामा प्राय रोगको उपचार हुन्छ ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य भन्छन–‘तर मुटु सम्बन्धिका विरामी भने काठमाडौं जान्छन् ।’ उनले न्युरोको लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार हुने भएपनि केही जटिल प्रकृतिको विरामी काठमाडौं नै जाने सुनाए । ‘मुटु भन्ने वित्तिकै सर्वसाधारणले काठमाडौं नै लैजानुपर्छ भन्ने मानसिकता छ । त्यसैले विरामीहरु काठमाडौं नै जान्छन् लैजान्छन् ।’ उनको भनाई थियो । सबै अस्पतालमा विशेषज्ञको सेवा प्रदान गरिने छ । तर प्रभावकारीता देखिएको छैन् । गुणस्तरीय डाईग्नोष्टिक सेवा समेत उपलब्ध छैन् ।
‘अस्पतालमा विशेषज्ञताको सेवा उपलब्धता हुन्छ ।’ उनले थपे–‘दरबन्दीको अभावले पनि केही सेवालाई भने दिन सकिएको अवस्था भने छैन् ।’ मुटु, न्युरो, मिर्गौला, क्यान्सर लगायतको उपचारको लागि सर्वसाधारण काठमाडौं नभए भारत एवं तेस्रो मुलुकसम्म पुग्ने गरेका छन् । ‘सर्भिस डुब्लिकेसन बढ्यो तर गुणस्तरीयतामा ध्यान दिन सकिएन् ।’ हाडजोर्नी विशेषज्ञ डा. पदम खड्काले भने–‘स्पाईनको समस्यालाई पोखरामा उपचार सम्भव छैन् । अन्य हाडजोर्नीको भने केहीहदसम्म उपचार हुन्छ ।’ उनले कास्की सेवा हस्पिटलमा क्रिटिकल केयरको लागि तीनजना चिकित्सक राखिएको सुनाए । ‘विरामीले आफनो खुशीमा काठमाडौं जान सक्छन् तर पोखरामा पनि गुणस्तरीय सेवा दिनुपर्छ भन्ने तर्फ ध्यान दिनुपर्नेखाँचो छ ।’ उनको भनाई थियो ।
थपिए अस्पताल थपिएनन उपकरण राजधानीपछिको सर्वसुलभ स्वास्थ्यको पहुँच एवं उपलब्धता पोखरामै छ । अस्पतालको संख्या वर्षेनी थपिदैं गएको छ । अस्पताल थपिएपनि उपचारको लागि आवश्यक उपकरण भने अत्याधुनिक बन्न सकेको छैन् । अत्याधुनिक उपकरण नहुदाँ विरामीलाई स्वास्थ्य संस्थाप्रतिको विश्वास पनि खासै मान्न सकिने अवस्था नरहेको सर्वसाधारण गुनासो गर्ने गर्छन् । निजी अस्पताल नहुदाँ गण्डकी अस्पताल(हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)मै उपचारको लागि भर पर्नुपर्ने बाध्यता थियो । निजी अस्पतालको स्थापनासँगै पोखरामा झण्डै तीन दर्जन अस्पतालले विरामीको सेवा गरिरहेका छन्। थपिने क्रम छ ।
‘पोखरामा अस्पताल थपिएका छन् । तर अत्याधुनिक उपकरण सहितको गुणस्तरीय सेवा दिने ठ्याक्कै छैनन् ।’ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय युवा बिभाग सदस्य कृष्ण आचार्य भन्छन्–‘त्यसले गर्दा विरामी काठमाडौं नै जाने उद्दत हुन्छन् ।’ उनका अनुसार मुटुमा समस्या देखिने वित्तिकै काठमाडौं नगई हुदैन् । हाडजोर्नीमा समेत जटिल प्रकृतिका समस्या देखिए पोखरामा उपचार सम्भव नहुने उनको तर्क थियो । ‘न्युरोको उपचार मणिपालमा बाहेक अन्यमा सम्भव छैन ।’ उनले थपे–‘मणिपालमा नभए काठमाडौं लैजानुको विकल्प हुदैन् ।’
पोखरा आफैंमा राजधानीको मोफसल शहर हो । मोफसलका शहरलाई भने पोखरा राजधानी नै हो । गण्डकी प्रदेशको राजधानी पोखरामा स्वास्थ्य सेवा गुणस्तरीयता नदेखिनु आफैंमा विडम्बना हो । उपचार सामान्यले मात्रै पोखराको स्वास्थ्य स्थिति प्रष्टयाएको छ । ‘क्रिटिकल केस आउने वित्तिकै काठमाडौं रिफर नगरी हुदैन् ।’ उनको अनुभव छ ।उनका अनुसार पोखरामा यो रोगको उपचार हुन्छ भन्ने विश्वासको बातावरण अझै बन्न सकेको छैन् ।
थन्कियो उपकरण जडित एम्बुलेन्स
बुद्ध फाउण्डेशन जापानले दिएको उपकरणजडित एम्बुलेन्स (बस) पाँचवर्षदेखि थन्किएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई फाउण्डेशनले २०७० सालमा हस्तान्तरण गरेको थियो । फाउण्डेशनका तत्कालिन अध्यक्ष डा यामागुचीले तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई हस्तान्तरण गरेका थिए । विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुच पुर्याउने उद्देश्य थियो । तर बसको अपरेटिङ कष्ट(सञ्चालन खर्च) अत्याधिक देखिने सम्भावना रहेपछि थन्क्याईको थियो । बसमा जडित एक्स रे मेशिन बिग्रिएको छ । मेशिन बिग्रिएको लामो समय हुदाँ मर्मत सम्भार हुन सकेको छैन् । मर्मत सम्भारकै अभावले बसलाई सञ्चालन गर्न कठिनाई हुदैं गएको हो । उपकरण जडित एम्बुलेन्स जापानबाट ल्याएका थिए ।