पोखरा, १० कात्तिक / पोखरा प्रिमियर लिगको शनिबार भएको दास्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १८१ रनको लक्ष्य दिएको छ ।
२० ओभर खेल्दै काठमाडौं रोयल्सले तीन विकेटको क्षतिमा १८० रनको योगफल तयार बनायो । काठमाडौंका लागि ब्याट्सम्यान विदेशी खेलाडी जि टोमारले ९५ रनको योगदान गरे ।
उनले ४४ बल खेल्दै ९५ रन जोडेका हुन् । त्यसै गरि नरेश बुढाएरले २४ बलमा ३६ रन, जयकृष्ण कोशोवालले ३० बलमा २५ रनको योगदान दिए । धनगढी ब्लुजले केहि समयमा ब्याटिङ गर्नेछ ।