किन धाउछन्, खयरबराहमा भक्तजन ? भाकल पुरा भएपछि एकै व्यक्तिले ११ बली चढाए

अगन्धर तिवारी, खयरबराह, म्याग्दी /जतिसुकै आधुनिक संस्कृतिको विकास भएपनि र पश्चिमा संस्कृतीले गाँजेको भनिएपनि मानिसहरुमा धर्मप्रतिको आस्था भने नघटेको पाइएको छ । आफूले चाहेको कुरा पुरा भयो भने त्यो इश्वरिय शक्तिकै कारण हो भन्ने विश्वास मानिसमा अझैसम्म पनि हटेको छैन । मनिसमा विस्वास पनि कति गाढा हुन्छ भन्ने कुरा म्याग्दीको खयरबराह मन्दिरमा जनैपुर्णिमाका अवसरमा पुगेका भक्तजनहरुले प्रस्ट पारेको देखियो । शमुद्र सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको खयरबराह मन्दिरमा पुग्न जति कठिन छ, त्यहाँ पुगेपछि आफ्नो मनोकामना पुरा भएर बली चढाउने मानिसहरुका मनहरुले खयरबराह आमाले दिएको बरदानले सबै कुरा बिर्साएर आनन्दानुभुती गराउँछ ।
kharbarahaa mandirम्याग्दी सदरमुकाम बेनीदेखि करिव चार घण्टाको कच्चि मोटरबाटाको यात्रापछि मन्दिर नपुग्दासम्म उकालै उकालो यात्रा गरेर यहाँसम्म पुग्न सामान्य मानिसलाई करिव दुई दिनको यात्रा गर्नुपर्छ । तर, यहाँ पुगेपछि दुई दिनसम्मको कठिन यात्रा सबै शान्त भएको महसुस हुने यहाँ एकदुईपटक आएका मानिसहरु बताउँछन् । ‘यो भन्दा पहिला पनि यहाँ कति हो कतिपटक आएको थिएं, खयरबरही माताले सबै कुरा पु¥याउनुभएको थियो, छोरा माग्दा छोरा दिनुभयो, छोरी माग्दा छोरी दिनुभयो, छोरा भर्ति भइदियोस् भनेर मागें त्यो पनि पुरा भयो, त्यहि भएर अहिले छ ओटा बोका र पाँचओटा साँढ (भेडाको भाले) लिएर आएकि हुँ ।’ पोखराबाट आएकि दिलमायाँ पुनले भनिन्– ‘कठिन भएर के गर्नु, यहाँ आएर मागेपछि सबै कुरा पुरा हुन्छ, अनि ति सबै कठिन बिर्सिएर पनि आउन मन लाग्छ ।’
यहाँ आउने मानिसहरुले बताएअनुसार मुलुककै सबैभन्दा उचाइमा रहेको यो खयरबराही आमाको मन्दिरको महत्व छुट्टै छ । यहाँ आएर जुनसुकै वर मागेपनि पुरा हुने भएका कारण जस्तोसुकै कष्ट सामना गरेर पनि मानिसहरु पुजा गर्न आउने गर्दछन् । हरेक वर्ष जनै पुर्णिमाको दिन पशु बलीसहितको पुजा हुने यहाँ यो वर्ष मात्रै चार सयभन्दा बढी साँढ(भेडाको भाले) र बोका बली चढाइएको छ । ‘यहाँको धार्मिक महत्व छुट्टै छ । ‘मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजबहादुर पाईजाले भने,‘यहाँ एकदुईपटक आएर फर्किएका मानिसहरु पटकौंपटक आउनुभएको छ, तर, यहाँ आउने भक्तहरुको सुविधाका लागि हामीले केहि गर्न सकिएको छैन ।’ उनका अनुसार विगत केहि वर्षदेख मन्दिरमा संकलन भएको भेटी र बिदेशमा रहेका म्याग्देलीहरुले पठाएको केहि रकमबाट अहिले नयाँ मन्दिर निर्माण र त्यहाँ सम्म पुग्ने बाटामा बिभिन्न चौपारी र ठाउँका नाम शिलालेखमा लेखेर राख्ने काम भएको छ ।
एकदुई पटक यहाँ आएर आफ्नो मनोकामना पुरा भएकै कारण दोहो¥याएर यहाँ आउनेहरुको भिड नै लागेको छ । स्थानीय यामश्री तिलिजाले बताए अनुसार मन्दिर नजिकै रहेको तालबाट बालुवा सहितको पानी निकाल्दै खयरबराही आमासंग चिच्याएर वर मागेर त्यो बालुवा लगेर घरमा राख्ने र आफ्नो वर पुरा भएपछि त्यो बालुवा फिर्ता लिएर आउनुपर्छ ।‘अहिले यहाँ वर माग्नेको पनि उत्तिकै भिड छ, वर फिर्ता गर्नेहरुको पनि उत्तिकै भिड छ ।’ यहाँ हाम्रा भाईले वर माग्ने व्यक्तिको नाम फलाकेर खयरभारानी आमा उहाँलाई फलानो वर दिनोस् रे…… भनेर कराउँदै बालुवा निकालेर दिनुहुन्छ, त्यो बालुवा लिएर पछाडि नफर्किकन र कसैसंग नबोलिकन धोतीखोलासम्म जो मान्छे पुग्छ त्यसले मागेको वर पुरा हुन्छ र भएपछि सबै मानिसहरु यहाँ फेरी आइरहेका छन् ।’
असंख्य मानिसहरुको विस्वासकै कारण यहाँ आउनेहरुको चाप बढ्दै गएपनि पुर्वाधार विकास नहुँदा र यहाँ रहेको ताल फुट्ने त्रासका कारण भने स्थानीय चिन्तित छन् । ‘यहाँ दर्शन गर्न नेपालका सबै जिल्लाका साथै भारतबाट समेत भक्तहरु आउनेगरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रुद्रबहादुर तिलिजाले बताए । त्यहाँसम्म पुग्ने पैदल बाटो र बाटामा बास बस्ने ठाँटी–पौवाको पनि समस्या कायमै हुँदा तिर्थालुहरुलाई समस्या परेको मगरले बताए । त्यस्तै त्यहाँ रहेको खयरबराह ताल फुट्ने त्रास पनि कायमै छ । –अहिलेसम्म यस क्षेत्रको बैज्ञानिक अध्ययन हुन सकेको छैन, अब हामीले यस क्षेत्रको उचाई नाप्ने, तालको आयूबारे अध्ययन गर्ने लगायतका कामका लागि विज्ञहरुसंग सहयोग माग्नुपर्ने आवश्यकता छ । स्थानीय भिमबहादुर पुनले भने ।
उनका अनुसार मन्दिरको ऐतिहासिक धरातल निकै परानो भएर पनि अहिलेसम्म बैज्ञानिक रुपमा खोजिनिति हुन सकेको छैन । देशबिदेशका मानिसहरुको आस्था र विस्वासको केन्द्र भएर पनि यहाँ अहिले सम्म सरकारी निकायको भने ध्यान जान सकेको छैन । खयरबराहको प्रचारप्रसार र विकासका लागि सरोकारवाला निकायबाट अहिलेसम्म एक पैसा पनि सहयोग नपाएको स्थानीयबासीहरुले बताएका छन् । खयरबराहको विकासका लागि सबै निकायबाट पहल हुन सकेको खण्डमा त्यसको महत्व अझै बढेर जाने त्यहाँ आउने भक्तहरुको विस्वास छ ।

कमेन्टहरु
Loading...