समृद्ध पोखरा हाम्रो लक्ष्य होः समावेशी व्यवसायी समूह

पोखरा, १ असोज/ पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि प्यानलसहित उम्मेद्वारी दिएको

समावेशी व्यवसायी समूहले समृद्ध पोखरा आफूहरुको लक्ष्य रहेको बताएको छ । संघको असोज ५ र ६ गते हुन

गइरहेको ३२ औं महाधिवेशनबाट नेतृत्व लिन अघि सरेको सो समूहले समृद्ध पोखरा आफूहरुको लक्ष्य भएको

बताउँदै सो लक्ष्य पूरा गर्न नेतृत्व लिने उद्घोष गरेको हो ।

संघमा आबद्ध प्रत्येक उद्योगी÷व्यवसायीको घर÷घर र पसल÷पसलमा पुग्ने लक्ष्य लिएर घरदैलो गरिरहेको

समावेशी व्यवसायी समूहले सोमबार सृजनाचोक, मालेपाटन, पृथ्वीचोक, नागढुंगा, पृथ्वीचोक बसपार्क,

सभागृहचोक, जाल्पारोडलगायतका क्षेत्रमा घरदैलो गरेको थियो । सो समूहलाई सोमबार मालेपाटनका

व्यवसायीहरुले औपचारिक कार्यक्रम राखेर स्वागत गरेको थियो ।

स्वागतसहित शुभकामना कार्यक्रममा बोल्दै समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेद्वार दामु

अधिकारीले नीजि क्षेत्रको अगुवाईमा पोखरालाई समृद्ध बनाउने बताए । उनले भने,‘समृद्ध पोखरा हाम्रो लक्ष्य हो,

त्यसका लागि उत्पादनमा जोड दिनुपर्छ अनि उत्पादन भएका सामानहरुको बजारीकरण गर्नुपर्छ, यी कुराहरु

सरकारको सहयोगमा नीजि क्षेत्रले गर्ने हो, त्यसका लागि हामी तीनै तहको सरकारसँग हातेमालो गरेर अघि

बढ्छौं ।’

उप महासचिवका उम्मेद्वार सीता बरालले महिला उद्यमशीलतामा क्रान्ति ल्याउन समावेशी व्यवसायी

समूहलाई जिताउनुपर्नेमा जोड दिईन् ।

कमेन्टहरु
Loading...