पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनमा कुँवर

पोखरा, ३१ भदौ / पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनको अध्यक्ष चन्द्रबहादुर कुँवर निर्वाचित भएका

छन् । एसोसिएसनको शनिबार सम्पन्न १३औं साधारणसभा तथा ७ औं अधिवेसनले कुँवरको नेतृत्वमा

सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा मोहनबाबु खड्का, उपाध्यक्षमा कृष्ण श्रेष्ठ, महासचिव राघब सिलवाल,

कोषाध्यक्षमा किशनमान बुद्धाचार्य, सचिवमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा

नीरन केसी, बिनय थापा, टीका कुमारी गुरुङ, तेजेन्द्र पौडेल र शिव श्रेष्ठ निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै कुँवरले आफ्नो कार्यकालमा अटो व्यवसायको प्रवद्र्धनमा भूमिका

निर्वाह गर्ने बताए । एसोसिएनका यस अगाडिका अध्यक्ष कालिदास पौडेलको सभापतित्वमा कार्यक्रम भएको हो

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले व्यवसायीहरुले इमान्दर भएर कर तिर्नुपर्ने

बताए । प्रदेश सांसद विन्दुकुमार थापाले अटो व्यवसायले आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको धारणा

राखे ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा अटो सिटी निर्माणका लागि महानगरले सहयोग

गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले लगानीमैत्री वातावरण

सिर्जना हुनुपर्ने धारणा राखे ।

पोखरा उद्योग वाणिज्य संघमा महासचिव तथा एसोसिएसनका पूर्व अध्यक्ष दामु अधिकारीले राज्यलाई कर

तिरिरहेका व्यवसायीलाई राज्यले दुःख दिने काम गर्न नहुने बताए । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका

केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर थापाले अटोमोबाइल हरेक मानिसका लागि आवश्यक रहेकाले विलाशिताको बस्तु

सम्झन नहुने धारणा राखे ।

कमेन्टहरु
Loading...