‘पोउवासंघलाई कुनै हालतमा कमजोर हुन दिंदैनौ’

पोखरा, ३० भदौ /आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर

प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि शुक्रबार पोखराको सिर्जनाचोक, राष्ट्र बैंक

चोक, गणेशटोल, नालामुख पुगेर मतदाता उद्योगी व्यवसायीसँग भेट गरेको छ । अध्यक्ष पदका उमेद्वार प्रजू

सहित सिर्जनाचोक पुगेको टिमले भन्यो– पोखरा उद्योग वाणिज्य संघलाई कुनै हालतमा कमजोर हुन दिंदैनौं ।

पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघलाई कमजोर पार्ने प्रयास भैरहेको र केही सीमित व्यक्तिहरुको

समूहले संघलाई कब्जा गर्न खोजेको निष्कर्ष यस प्यानलले निकालेको छ । भेटघाटको क्रममा मतदाता

व्यवसायीसँग कुरा गर्दै अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले संघलाई व्यवसायीको संघ बनाउन र

उद्योगी व्यवसायीको हकहितको लागि काम गर्न आफू र आफ्नो टिमले उमेद्वारी दिएको बताए ।

नेतृत्वमा रहेकै साथीहरुको काम र व्यवहारको कारण पोखरा उद्योग वाणिज्य संघको गरिमामय इतिहासलाई

धुमिल भएको र व्यवसायिक हकहितको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको गुनासो भेटघाटको क्रममा

व्यवसायीहरुले गुनासो गरेका छन् ।

त्यसको जवाफमा प्रजू प्यानलले भनेको छ – विगतमा नेतृत्व लिएका केही व्यक्तिहरुको कमजोरीको कारण

संघको छवी धुमिल देखिएको भएपनि त्यसलाई तत्काल सच्याएर संघलाई समावेशी बनाउने र संघको भूमिका

महत्वपूर्ण बनाउने बताए ।

अनुभव हिन र नयाँ व्यक्तिको नेतृत्व मोहले संघमा गुटउपगुटको सिर्जना हुने वातावरण समेत बनेकोले आफ्नो

प्यानलमा धेरै बर्ष संघमा रही काम गरिसकेका व्यक्तिहरु रहेका र पूर्ण रुपमा समावेशी पनि रहेकोले यस

निर्वाचन पछि संघले अनुभवी नेतृत्व पाई विगतमा भएका कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता पनि

प्रजूले मतदाता समक्ष गरेका छन् ।

नालामुख, तेर्सापट्टीका मतदाताले पनि संघलाई सबै हिसावले समावेशी गर्नुपर्ने माग गरेका महासचिव पदका

उमेद्वार अर्जुन पोखरेलले बताएका छन् । पोखराको व्यापार व्यवसाय प्रवद्र्धन तथा पोखरा उद्योग वाणिज्य

संघको स्थापनामा समेत नेवार समुदायको महत्वपूर्ण योगदा रहेको भएपनि पछिल्लो समयमा संिघमा नेवार

समुदायलाई वाइपास गर्ने प्रयत्न भैरहेको गुनासो पनि मतदाताहरुले गरेका छन् ।

भेटघाटको क्रममा मतदाताहरुले प्रजू प्यानलको तर्फबाट उमेद्वारी दिएका अध्यक्ष रवीन्द्रबहादुर प्रजूले संघ अव

पूर्ण समावेशी बनाउने प्रतिवद्धता पनि जनाएका छन् ।

पोखरा विश्वविद्यालयको स्थापना, पृथ्वीनारायण क्याम्पसको स्थापना, पोखरामा अन्तरराष्ट्रिय

विमानस्थलको निर्माण लगायत पोखराको पर्यटन प्रवद्र्धनमा पनि पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण

भूमिका निभाएको स्मरण गराउँदै प्रजू प्यानलले मतदातासँगको भेटमा आगामी दिनमा पोखरालाई

अन्तरराष्ट्रिय शहर बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने बचन पनि दिएको छ ।

पोखराका उद्योगी व्यवसायीहरु हाल विभिन्न खालका कर, अण्डर इन्भ्वाइसिङ्ग लगायतका समस्याले

थिचिएका कारण यहाँको उद्योग, व्यापार व्यवसाय खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै यस प्यानलले

आगामी दिनमा यी समस्याको विषयमा सरकारसँग लविङ्ग गरी समाधानको प्रयास गर्ने प्रतिवद्धता पनि गरेको

छ ।

कमेन्टहरु
Loading...