पोखराको मोबाइल मेलामा ७० लाख कारोबार

पोखरा, २५ भदौ/पोखराको केन्द्र महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरमा मोबाइल किन्नेको भीडभाड छ ।

भदौ १७ गतेदेखि औपचारिक रुपमा सुरु भएको पोखरा मोबाइल टाबरमा मोबाइलका होलसेल, रिटेल, मर्मत गरी

८० वटा सटर छन् ।

मोबाइल टावर सुभारम्भकै अवसरमा भदौ १७ देखि मोबाइल मेला जारी छ । मेलाको सातौं दिन आइतबारसम्म

करिब ७० लाख कारोबार भएको मेलाका प्रचारप्रसार संयोजक नारायण सुवेदीले जानकारी दिए । मेला भदौ २७

गतेसम्म चल्नेछ । ग्राहकका लागि सित्तैमा पर्याप्त पार्किङ, हरेक मोबाइलमा ५ देखि ५० प्रतिशतसम्म छुट

दिइएको छ । मेलामा सामान किन्ने ग्राहकमध्ये उपहार कुपनको आधारमा हरेक दिन ५ जनालाई सान्त्वना

पुरस्कार दिइएको छ ।

आइतबारसम्म ३५ जनाले पुरस्कार पाइसकेका छन् । प्रचारप्रसार संयोजक सुवेदीले गण्डकी प्रदेशकै ठूलो

मोबाइल बजारमा एकै भवनमा रोजीरोजी मोबाइल किन्न, मर्मत गर्न, पाट्सहरु समेत किन्न सकिने बताए ।

एउटै भवनबाट मोबाइलसम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालिले यो बजार

सञ्चालन गरेको हो ।

मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने पोखरा टावरका अध्यक्ष उदय केसी लाहुरे दाइले बताए ।

मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिने प्रालिले जनाएको छ ।

एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि

जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...