पोखरा, १५ भदौ/एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालि
आइतबारबाट औपचारिक सञ्चालन हुने भएको छ । टावरको गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले
उद्घाटन गर्नेे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखराका ८ युवा व्यवसायीको
लगानीमा टावर सञ्चालनमा आएको हो ।
पोखरा टावर गण्डकी प्रदेशकै सबैभन्दा ठूलो मोबाइल मार्केट भएको दावी प्रालिको छ । केही महिनादेखि
अनौपचारिक सेवा दिइरहेको टावरलाई आइतबार औपचारिक शुभारम्भ गर्न लागिएको हो । शुभारम्भसँगै
‘मोबाइल एस्पो’ आयोजना गरिएको प्रालिका सचिव नारायण सुवेदीले बताए । ११ दिन चल्ने मेला भदौ २७
गतेसम्म सकिनेछ ।
टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा
५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार
र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने उपाध्यक्ष किरण ढकालले जानकारी दिए । ‘मेलाकै
सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहारसमेत प्रदान गरिनेछ,’ उनले भने । बम्पर उपहारमा
एमाहाको स्कुटर रहेको प्रालिले जनाएको छ ।
एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि
जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । मेला नभएका बेल
टावर बिहान ८ बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा
रहेको टावरमा वाइफाइ निःशुल्क छ । टावरभित्रै ग्राहकको सुविधाका लागि एटिएम राखिएको छ ।
टावरमा सम्पूर्ण ब्रान्डका मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी
लिने उपयुक्त गन्तव्य पोखरा मोवाइल टावर बन्ने प्रालिका सचिव सुवेदीले जानकारी दिए ।