पोखरा, १४ भदौ / पोखराका व्यवसायीलाई अहिले पोखरा उद्योग वाणिज्य संघ चुनावी चटारोमा ब्यस्त छन् ।
उम्मेदवारीहरुले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् । अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र
हालका महासचिव दामु अधिकारीले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।
महासचिवमा पनि हालका उपमहासचिव अर्जुन पोख्रेल र सदस्य किसान सुनार बीच प्रतिश्पर्धा हुने लगभग पक्का
भइ सकेको छ । महत्वपूर्ण रुपमा हेरिने बरिष्ठ उपाध्यक्षमा पनि उम्मेदवारी सार्वजनिक भएको छ । अघिल्लो
अधिवेशनमा अध्यक्षमा पराजीत भएका नारायण कोइराला र अहिलेका कार्यसमिति सदस्य यदु अधिकारी बीच
बरिष्ठ उपाध्यक्षमा प्रतिश्पर्धा हुने भएको छ ।
केही दिनमै यता धमा धम उम्मेदवारले आफ्नो दावेदारी प्रश्तुत रहेका छन् । व्यवासायीहरु काँग्रेस र
कम्युनिष्टबीचको प्यानल बनाएर प्रतिश्र्धा देखीएको छ । यद्यपी हालसम्म प्यालन भने घोषणा भैसकेको छैन ।