पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा शोभा गौतमले उम्मेदवारी दिने

पोखरा, १२ भदौ / पोखरा उद्योग वाणिज्य संघको ३२ औ महाधिवेशन मिति नजिकिएसँगै उम्मेदवारी घोषणा

गर्ने क्रम जारी छ । यसैक्रममा महिला उद्यमी शोभा गौतमले उम्मेदवारी प्रस्तुत गरेकी छन् । उनले सदस्य

पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

संघ अन्तर्गतको महिला उद्यमी उपसमितिमा रहेर काम गरिसकेकी गौतम लामो समयदेखि व्यावसायिक

क्षेत्रमा आबद्ध छन् । छोटो समयमा सफल महिला उद्यमीको पहिचान बनाउन सफल गौतम व्युटिसियन हुन् ।

सुप्रिम सप्लायर्स प्रालिका प्रोपाइटर गौतम पुस्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका अध्यक्ष पनि हुन् । एप्पल

इन्टरनेशनल एजुकेसन प्रालिका सञ्चालक गौतम सृजनशील नेपालको अध्यक्ष तथा रेडियो कास्कीको

उपाध्यक्षमा समेत छन् । व्यावसायिक तथा सामाजिक क्षेत्रमा रहेर आबद्ध गरेको ज्ञानलाई पोखरा उद्योग

वाणिज्य संघको हितमा प्रयोगमा ल्याउने उनले बताइन् ।

कमेन्टहरु
Loading...