पोखरा, ७ भदौ / पोखराका मासु उत्पादन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीमै मिति सकिएका र दुगन्धित
मासु अनुगमनका बेला फेला परेको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न मासु उत्पादन
गर्ने फ्याक्ट्रीको अनुगमन गर्दा दुगन्धित मासु फेला परेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ९ को फेमली मिट प्रोडक्टमा बुधबार अनुगमन गर्दा करिव ९ सय किलो
आइसच्याम्बरमा राखिका चिकन र बफ मासु दुगन्धीत अवस्थामा फेला परेको अनुगमन समितिका सदस्य
तथा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपीलनाथ कोइरालाले बताए ।
दुगन्धीत अवस्थमा मासु राखिएको देखेपछि अनुगमन टोलीले मासु जफत गरेको छ । त्यसै गरि मगलबार
पोखरा १७ बिरौटामा गरिएको अनुगमनमा पनि मिति सकिएका मासुको भेटिएका छन् । फेवा मिट प्रोडक्ट प्रालि
र पोखरा फिष्टेल कोल्ड स्टो प्रालिमा मिति नाघेका र लेबल समेत नलागेका मासु फेला परेको उनले बताए ।
फेवा मिट प्रोडक्ट प्रालिबाट एक सय र पोखरा फिष्टेल कोल्ड स्टो प्रालिमा ५ सय किलो मासु जफत गरि नष्ट
गरिएको उनले बताए । जिल्ला अनुगमन टोलीका संयोजक कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी
गंगाबहादुर क्षेत्रीले सहितको टोलीले अनुगमन गरेको थियो ।