श्याम राना
पोखरा, २० साउन / गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कर नतिर्ने नागरिक, नागरिक नै नभएको बताएका छन् । आइतबार नेपाल अडिटर्स एसोसियन –अडान, गण्डकी प्रदेश पोखराले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।
विश्वका अधिकाशं देश कर तिरेर नै समृद्ध भएको उनले सुनाए । ‘हामी अहिले जिरो लेभलमा छौं,’ उनले भने, ‘कर नतिरी देश कसरी समृद्ध हुन्छ ?’ संघिय सरकार भनेको खर्च मात्रै बढाउन आएको हो भन्ने नकारात्मक टिप्पणी बढेकोमा उनले आपत्ति प्रकट गरे ।
आजभोलि फेसकुकले जे देखायो त्यसको पछि लाग्ने बानी बढेकोमा उनले आपत्ति प्रकट गरे । ‘हामीमा नकारात्मक मानसिकता बढेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा, सामाजिक सञ्जालमा ट्रोल बनाएर रमाइलो गर्न उद्दत छौं ।’
असार मसान्तमा आर्थिक वर्षको अन्त्य सँगै नयाँ आर्थिक वर्ष सुरु हुने हँदा पनि धेरै रकम निकासा हुने उनले प्रस्ट्याए ।
कर चुहावट भएको पनि गुनसो आउँने गरेको उनले सुनाए । ‘यदि साच्चिकै कर चुहावट भएको छ भने खबर गर्नुस तुरुन्त कारबाहि गर्छौ ।’ अडिटर्स नेपालको स्थापना दिवसको अवसरमा आयेजित कार्यक्रममा संस्थाको अवस्था, व्यवसायीमा करको त्रास, सरकार र लेखा व्यवसायीको सम्बन्ध, लेखामा विचौलिया प्रवेश, करका दायरा लगायतका बिषयमा छलफल गरिएको थियो ।
नेपाल चार्टड एकाउन्टेड शाखाका सदस्य लक्ष्मण अधिकारी, नेपाल उद्योग वाण्ज्यि महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइराला, स्वतन्त्र पत्रकार महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बास्तोला, सहकारी डिभिजन कार्यालय कास्की प्रमुख बद्रिनाथ अधिकारीले कर, कर चुहावट र समस्याबारे बोलेका थिए । साथै, पोखरा महानगरपालिका कर अधिकृत छविलाल शर्माले विभिन्न किसिमका कर बारे प्रस्ट्याएका थिए ।