पोखरा, १६ साउन /नेपालले पहिलो अन्तराष्ट्रिय एक दिवसीय क्रिकेट खेलेको छ । नेपालले नेदरल्याण्ड्स सगँ एतिहासीक खेले खेलेको हो । नेपालले बुधबार भएको खेलमा नेदरल्याण्ड्सबाट १९० रनको लक्ष्य पाएको छ । नेदरल्याण्डस्ले घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै निधार्रित ५० ओभरको खेलमा ४७.४ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो।
नेदरल्याण्डस्लका लागि रिप्पोनले सर्वाधिक ५१ रनको अर्धसतकीय पारी खेले । मिकेल रिप्पनले पारस खड्काको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट हुनुअघि ७६ बल खेलेर २ चौका प्रहार गरेका थिए । त्यस्तै लिडेले ३० तथा स्टेफेन म्याबुर्गले २९ रनको पारी खेले ।
डच टोलीलाई मध्यम स्कोरमा रोक्न नेपालका कप्तान पारस खड्काले ४, सोमपाल कामीले ३ तथा सन्दिप लामिछाने, करण केसी र बसन्त रेग्मीले १ १ विकेट लिए।
नेपालका लागि ओडिआईमा सर्वाधिक विकेट लिने क्रममा कप्तान खड्काले १० ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेट लिए । ब्राकलाई १ रनमै गुमाएको डच टोलीका लागि माइवर्ग र कुपरले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरे। कुपरलाई कप्तान पारसले एलबीडब्लु आउट पारेपछि नेपालले दोस्रो सफलता पायो ।
त्यसपछि वेस्ले बारेसीलाई पारसले आरिफ शेखको हातबाट क्याचआउट गराए । यस्तै खड्काले ४० औं ओभरमा लगातार दुई विकेट लिए। पारसले ४० औं ओभरको दोस्रो बलमा ५१ रनमा मिकेल रिप्पन र सोही ओभरको चौथो बलमा सेन स्नाटरलाई खाता नै खोल्न नदिइ बोल्ड गरे।
यस्तै सोमपाल कामीले २ विकेट लिने क्रममा नेपालका लागि पहिलो वानडे विकेट उनैको नाममा रह्यो। ८.४ ओभर बलिङ गरेका कामीले ३४ रन खर्चिएर १ मेडनसहित ३४ रन दिए। सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई विकेट लिने खेलाडीको कीर्तिमान बनाए।
त्यसपछि डच टोलीका बास डे लिडलाई सोमपालले ३३.४ ओभरमा विकेट किपर अनिल साहको हातबाट आउट बनाए। यस्तै ४७.४ ओभरमा क्लासेनलाई ११ रनमा आउट गरे।
यस्तै पुरै १० ओभर बलिङ गरेका नेपाली युवा स्पिनर सन्दिप लामिछानेले १ विकेट लिने क्रममा ४२ रन खर्चिए । २९ रन बनाएर खेलिरहेका माइवर्गलाई सन्दीपले १२.२ ओभरमा बोल्ड आउट गरेका थिए । नेपालले केही बेरमा व्यटिङ गर्ने छ ।