होमस्टे एसोसियसन नेपाल (होसान)को गण्डकी प्रदेशको अध्यक्षमा पौडेल

पोखरा, १० साउन /गण्डकी प्रदेशको होमस्टेको प्रदेश स्तरीय भेलाले हरि पौडेलको अध्यक्षतामा १३ सदस्य कमिटि गठन गरेको छ । समितिको उपाध्यक्षमा तनहुँका राजु वानिया सचिबमा नवलपुरका धनि राम गुरौ, सहसचिबमा कृष्ण तिमील्सिना, कोषाध्यक्षमा गमिमाया गुरूङ लमजुङ, सहकोषाध्यक्षमा कास्कीकी लक्ष्मी गुरूङ चयन भएका छन् ।

सदस्यहरुमा अर्जुन लम्साल, जीवन सुनार, मुना थापा मगर , विन्दु राना, रिमवहादुर आले र प्रेमबहादुर गुरुङ चयन भएका छन् । ९ जिल्लाका ४७ वटा होमस्टेको सहभागीता रहेको होमस्टे प्रोफाइल निमार्ण विषयक अन्तकृया कार्यक्रमको क्रममा कमिटी गठन गरिएको हो ।

तारा गाउ विकास समितिका अध्यक्ष नारद कुमार लुुईटेल, होसानका केन्द्रीय अध्यक्ष भिम केसी, होसान केन्द्रीय सदस्य दिलकुमारी राना,टान पोखराका अध्यक्ष दिपक अधिकारी, भिटोपका अध्यक्ष रबिन्द्र राज पौडेल , पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली, पर्यटन कार्यलय पोखराका प्रमुख शालीकराम रेग्मी, कावासोति नगरपालिका उपमेयर प्रेम शंकर मर्दनिया थारु, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठी लगायतले शुभकामना दिदै ग्रामिण पर्यटनमा होमस्टेको महत्व बारे चर्चा गरेका थिए ।

कार्यक्रममा सहसंयोजन कृष्ण प्रसाद तिमिल्सिनाले स्वागत, सभापतित्व धनिश्वर बस्यालले गरेका थिए भने कार्यक्रमको संचालन हरि पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...