टाइब्रेकरमा स्पेनलाई हराउँदै रसिया क्वाटरफाइनलमा

पोखरा, १८ असार / रसियामा जारी विश्वकप फुटबल प्रतियोगितमा प्रिक्वाटर फाइनलमा रसिया विजयी भएको छ। रसियाले स्पेनलाई टाइब्रेकरमा ४-३ ले हराउदै क्वाटफाइनलमा प्रबेश गरेको छ । निर्धारित ९० मिनेटको खेल ११ गोलको बरबरीमा टुङ्गिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो।

कोकेको र आसपास पेनाल्टीलाई रसियाका गोलरक्षक एकिनफेभले असफल बनाइदिएका थिए। अर्को एक खेलाडीकोा टाइब्रेकरमा स्पेनका इनेष्टा गोल, पिकं र रामोसको पेनाल्टमा गोल गरे । रसियाका समलोभ, सर्गी, समलोभ, चेरिसेभ चारै जनाले पेनाल्टीलाई जाली चुमाएका थिए।

खेलमा स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो। आत्मघाती गोलबाट पछि परेको रसियाले पहिलो हाफमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनसँग बराबरी गर्‍यो। रसियाका लागि सो गोल ४१ औं मिनेटमा डिजुबाले गरेका थिए।

रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड पिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको थियो। रसियाले अब क्वाटरफाइनलमा आज नै हुने डेनमार्क तथा क्रोएशियाबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

कमेन्टहरु
Loading...