फेवातालको आइल्याण्ड भत्काउन महानगरको आदेश

पोखरा, ७ असार /फेवताल किनारामा निर्माणा भईरहेको आइल्याड भत्काउन महानगरपालीकाले आदेश दिएको छ । पोखरा महानगरपालिका र वडा कार्यालय बिच समन्वय नहुँदा वडा कार्यालयको प्रत्यक्ष लगानीमा बनेको संरचना महानगरले भत्काउने आदेश दिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम स्थित फेवाताल किनारमा वडा कार्यालयले बनाएको आइल्याण्ड महानगरपालिकाका मेयरले अतिक्रमण गरि बनेको भन्दै भत्काउन आदेश दिएका हुन् ।

फेवातालको पहारी घाटमा वडा कार्यालय बैदामले पोखरा महानगरपालिका संग समन्वय नै नगरि डुंगा आकारको आकर्षक आइल्याण्ड निर्माण गरेको हो । वडा कार्यालय बैदामले स्थानीयको समेत सहयोग जुटाएर करिव ५ लाख रुपैयाँ लागतमा आइल्याण्ड निर्माण गरिसकेको छ । ताल किनारमै वडा कार्यालयले आइल्याड निर्माण गरेपछि स्थानीयले वडा कार्यालयले ताल अतिक्रमण गरेर संरचना बनाएको भन्दै वडा कार्यालय बिरुद्ध महानगरमा उजुरी दिए पछि महानगरले आइल्याण्ड भत्काउन आदेश दिएको हो ।

ताल किनारका जग्गा धनीले ताल अतिक्रमण र मापदण्ड मिचेर बनाएको संरचना भत्काउनु पर्ने जिम्मेवार महानगरले ताल भित्रै नयाँ आइल्याण्ड निर्माण गरेको स्थानीयको गुनासो आएपछि मेयर मानबहादुर जिसीले महानगरकै फेवा ताल संरक्षण आयोजना मार्फत वडा कार्यालयलाई सात दिन भित्र आइल्याण्ड भत्कायर रिपोट दिन आदेश दिएका हुन् । महानगर संग समन्वय नै नगरी प्राकृतिक सम्पदामा वडा कार्यालयले आफु खुशी आइल्याण्ड निर्माण गरेकोले मेयरको निर्देशनमा महानगरले सात दिन भित्र संरचना भत्काउन आदेश दिएको पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजनाका संयोजक महेन्द्र गोदारले बताए ।

यसरी फेवाताल किनारमा आफु खुशी संरचना बनाउँदै जाने हो भने तालको अस्थित्व नै समाप्त हुने भएकोले महानगरपालिकाले तत्कालै ताल किनारमा बनेको संरचना भत्काउने आदेश दिएको उनले सुनाए ।महानगरले संरचना भत्काउन आदेश दिएको बुधवार एक हप्ता पुगे पनि तालमा बनेको आइल्याड भत्केको छैन । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले स्थानीय नागरिकको पहलमा ताल किनारमा पहिले नै थुप्रेको माटोको ढिस्को भएको ठाउँमा वरीपरी वाल लगाएर पर्यटकीय आकर्षणकालागी घाट सहितको आइल्यण्ड बनाएको सुनाए ।

आइल्याड निर्माणले ताल अतिक्रमणभन्दा पनि तालको सौन्दर्य बढेको र संरक्षण समेत भएको उनको दावी छ । आइल्याण्ड निर्माकालागी पोखरा महानगरपालिका वडा नम्बर ६ को कार्यालयले दुई लाख रुपैयाँ लागनी गरेको छ । स्थानीय टोल सुधार समितिले १ लाख ५० हजार, डुंगा व्यवसायी समिति, र स्थानीय नागरिकको समेत सहयोगमा करिव ६ लाख लागतमा आइल्याण्डको निर्माण भएको हो ।

फेवातालको मापदण्ड मिचेर ताल किनारमै घर बनी रहे पनि महानगरले महानगरले रोक्न सकेको छैन । रामसार क्षेत्रमा सूचिकृत फेवाताल किनारको ६५ मिटर भित्र कुनै पनि संरचना बनाउन नपाइने मापदण्ड भए पनि महानगरले कायान्वयन गर्न सकेको छैन । फेवातालको मापदण्ड मिचेर प्रारम्भीक गणना अनुसार २ सय १७ संरचना निर्माण भएको महानगरको तथ्याङक छ । तालको मापदण्ड मिचेर बनेका संरचनाको नयाँ तथ्याङ्क तयार हुँदै गरेको इन्जिनियर गोदारले बताए । पछिल्लो समयमा तालको मुहान क्षेत्रको सिमसार पुरेर घडेरी बनाइए पनि महानगरले नियन्त्रण गर्न सकेको छैन । फेवातालको आयु संग प्रत्यक्ष जोडीएको सिमसार क्षेत्रमा प्लाटिङ समेत बढेको हो ।

कमेन्टहरु
Loading...