पोखरा, १ असार ./ प्रदेश ४ ले आर्थिक वर्षका लागि शुक्रबार बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्रीले किरण गुरुङले आगामी वर्षको आयव्यवको विवरण प्रस्तुत गर्ने छन् ।
प्रदेश चारमा २६ देखि ३० अर्व हाराहारीमा बजेट ल्याउने तयारी भएको अर्थ मन्त्रालयले जनाएको छ । १३ अर्व हाराहारी केन्द्रिय अनुदान, ३ अर्व आन्तरिक राजश्व र बाँकी रकम आन्तरिक ऋण र अन्य श्रोतबाट प्राप्त हुने अर्थ मन्त्रालयको भनाई छ ।
यसअघि पारित भएको नीति तथा कार्यक्रमको सीमाभित्र रहेर बजेट आउने मन्त्री गुरुङ बताए । उनको अनुसार भौतिक पुर्वाधार, पर्यटन, जलस्रोत, कृषी लगाएलाई प्रथामिकता दिएको बताए ।