पोखरामा विश्वकप जर्सी रौनक

सागर राज तिमिल्सिना
पोखरा, ३१ जेठ /विश्व कै ध्यान आक्रर्षण गर्न सफल विश्वकप फुटबल सबैको दैलोमा आइपुग्न लागेको छ । २१ औ संस्करणको विश्वकप रसियामा हुदैछ । पोखरामा पनि विश्वकपको रौनकले छपक्कै छोएको छ । पसल तथा रेष्टुरेण्टहरुमा विश्वकपमा सहभागी हुने राष्ट्रका झण्डाले सजिएका छन् । सडकमा युवा–युवतीहरु जर्सीमा देखीन्छन् । खेलकुद सम्बन्धि सामान बिक्रि गर्ने पसलहरुले विश्वकपलाई टार्गेड गरेर जर्सी, झण्डा, फुटबल लगायतका सामाग्री बेच्न भ्याइ नभ्याइ छ ।

जर्सी समेत पु¥याउन कठिन भएको व्यपारी बताउ छन् । सबै भन्दा बढि अर्जेन्टिनाको जर्सी माग रहेको पोखराको बिशाल बजारमा रहेको बाकेलाल स्र्पोट सेन्टरका सञ्चालक मोहन कुबँरले बताए । उनका अनुसार त्यस पछि ब्राजिल, जमर्नी, फ्रान्स, पोर्चुगल स्पेन, इङ्गल्याण्ड, बेल्जियम, जापान, फ्रान्स, मेक्सि लगायतका देशका जर्सी बढि माग रहेको उनले बताए ।  उमेर अनुसार ठूला, साना हाफ, फुल सबै खाले जर्सीको बिक्रि भइरहेको व्यपारीहरु बताउ छन् ।

नेपालमा चीन, थाइल्याण्ड र बंगलादेशबाट जर्सीहरु आएका छन् । जर्सी अहिले पोखराका फूटपाथ देखि मलसम्म विक्रिमा छन् । अहिले दैनिक १ हजार भन्दा बढि जर्सी विक्रि भइरहेको व्यापारीहरुको भनाई छ । जर्सीको ग्रेड अनुसार ५ सय ५० देखी ११ सय ५० सम्म पर्ने गरेको छ । गुणस्तरको आधारमा मूल्य निर्धारण पर्छ । जर्सी किसिम किसिमका भए जस्तै सर्मथकहरु पनि भिन्न भिन्न देशको सर्मथनमा छन् । युवाहरु मेसीका कारण अर्जेन्टिनाको पक्षमा छन् त कोही रोनाल्डोका कारण ब्राजिलका पक्षमा छन् । आफुले रोजेको टिमले नै जित्छ भन्नेमा उनीहरुको दावा छ ।

विश्वकपको माहोलले जर्सीको मात्रैको मात्रै व्यापार बढेको छैन टेलिभिजनको पनि उतिकै मात्रामा व्यापार बढेको छ । स्मार्ट तथा ठुला टेलिभिजनको व्यापार ह्वातै बढेको व्यापारीहरु बताउ छन् । टेलिभिजन कम्पनीहरुले नै विश्वकप फुटबललाई लक्ष्त गरेर छुटको समेत व्यवस्था गरेको व्यापारीहरु बताउ छन् । रेष्टुरेण्ट तथा घरहरुमा पनि ठुला र स्र्माट टेलिभिजनको माग बढि रहेको पोखराको डिजिटल साउण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठले बताए ।

पोखराका टेलिभिजन विक्रि गर्ने पसल देखी, रेष्टुरेण्टहरुले विश्वकपमा सहभागी हुने राष्ट्रहरुको झण्डाले सजाएका छन् भने कतै खेलाडीको पोष्टर समेत बनाएर राखेका छन् । दर्शकलाई ठुला ठुला पर्दामा फुटबल देखाउनका लागि रेष्टुरेण्टहरुमा तयारी समेत गरेका छन् । ११ वटा एलइडी टिभी तथा ठुला स्किनमा फुटबल देखाउने तयारी गरेको पोखरा लेकसाइडमा रहेको प्याराडाइज स्र्पोट बारका म्यानेजर हरी पौडेले बताए । विश्वकप फुटबल प्रतियोगीतमा आयोजक रसिया सहित ३२ टोलीको सहभागीता रहेको छ । नेपाली समय अनुसार दिऊसोबाटै फुटबल सुरु हुने भएकाले पनि धेरै नेपालीले हेर्न अपेक्षा छ ।

कमेन्टहरु
Loading...