
महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवं ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध बिस्तार गरी ब्यवसायीक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ्ग, प्याकेजिङ्ग, एव व्यवसायि स्याथीत्वको बारेमा ब्यावसायिक विज्ञद्धारा प्रशिक्षण दिएर सवल सक्षम बनाउन मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक सीता बरालले जानकारी दिनुभयो । मेलाको उद्घाटन गर्दै प्रदेश नम्बर ४ का कार्यबाहक सभामुख सृजना शर्माले अहिलेको संविधानले केही सुहाउने र केही नसुहाउने गरी महिलालाई धेरै नै राजनीतिक अधिकार दिएको जिकिर गर्नुभयो ।