नेपाल आर्मीका रिमाललाई अन्नपूर्ण म्याराथनको उपाधि

घान्द्रुक, २१ जेठ /अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म आइतबार भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । आर्मीकै पूर्ण तामाङले ४ घण्टा १७ मिनेट ४२ सेकेन्डमा दूरी पार गरेर दोस्रो भए ।

तेस्रो स्थान हासिल गरेका आर्मीकै धावक होमलाल श्रेष्ठले ४ घण्टा २० मिनेट ३८ सेकेन्डमा दुरी पार गरे । म्याराथनमा चौंथोदेखि दसौंस्थानसम्म क्रमशः रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइबा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थापा र दामोदर बुढामगर आएका थिए । म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ७० हजार र ५० हजार रुपैया“ पाए । दसौं स्थानसम्मको बा“की धावक पनि पुरस्कृत भएका छन् । म्याराथनमा ६१ धावक सहभागी भएको म्याराथन संयोजक किसम गुरुङले जानकारी दिए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत ‘अन्नपूर्ण डे’ का अवसरमा म्याराथन आयोजना गरिएको हो । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले विश्वमै पहिलोपल्ट सन् १९५० जुन ३ मा आठ हजार मिटरमाथिको हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेको स्मतिमा उक्त दिवस मनाइन्छ ।

अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइ“ले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुक आइपुगेको हो । महोत्सवको तेस्रो एवं अन्तिम चरणको समापन समारोहमा आइतबार पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायतले धावकलाई पुरस्कार वितरण गरे । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव संयोजक ललित गुरुङले आगामी वर्ष पनि म्याराथनलाई निरन्तरता दिने बताए ।

कमेन्टहरु
Loading...